Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चर्को यातयात भाडाको मारमा अर्खवाङ्ग हवाङ्गदीवासी

Published on 2:55:00 AM //

प्रेम सुनार
साउन २४, गुल्मी । बर्षायाम लागे लगत्तै गुल्मीको विकट गाविस अर्खवाङ्ग र हवाङ्गदीका जनता यातयातको चर्को भाडा र त्यसको बाहनामा उपभोग्य वस्तुको महँगीको मारमा पर्दै आएका छन् ।
गाडीवाला संग बोल्न मिल्दैन, नाम दियो भने गाडी चढ्न नदेलान भन्ने डर हवाङ्गदीका एक शिक्षकले भने बोलिसाध्ये छैन यि दुई गाविसका जनता दोब्बर भाडा र स्थानिय पसलेहरुबाट उपभोग्य वस्तुको महँङ्गीको मारमा पर्दै आएका छन् । हिउँद सम्म हिउँद सम्म ३ सय ९० थियो भाडा दर ति शिक्षकले भने अहिले ५ देखि ६ सय तिरेर तम्घास जान्छन् यहाँका जनता ।
दाल, चामल, तेल र लगायतका  दैनिक  उपभोग्य वस्तुको मुल्य पनि कृतिम अभाव सिर्जना गर्दै चर्को मुल्यमा बेचिने उनले बताए । स्थानिय राजनैतिक दल मौन छन् , गाविस कार्यालय पनि त्यस्तै छ, नियन्त्रण गर्ने कुर्न निकाय नभए पछि मनपरी भएको स्थानियवासीको गुनासो छ । यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जिप ब्यबसयीहरुलाई बोलाएर निर्धारित भाडा दर लिन भनेको बताए ।‘प्रहरीलाई पनि जानकारी गराईएको छ ’उनले भने –‘त्यस्तो चर्को भाडा लिएको भए उजुरी दिन भन्नुस् कार्वाही गरिने छ । ’

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग