Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकिकृत नेकपा माओवादी गुल्मीले सम्भावित उम्मेदवारमा ककस्को नाम सिफारिस गर्‍यो?

Published on 3:00:00 AM //

जनार्दन घिमिरे
गुल्मी, ८ भदौ । एकिकृत नेकपा माओवादी गुल्मीले आगामी संविधानसभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका २५ जना संभावित उम्मेदवारहरुको नामावली  सिफारिस गरेको  छ । पार्टिको आज जिल्ला सदरमुकाम तम्घासमा वसेको जिल्ला कमिटी वैठकले उक्त नामावली पार्टि केन्द्रिय कार्यालयमा सिफारिस गर्नका लागि आज सर्वसम्मत रुपमा चयन गरेको हो ।
प्रत्यक्ष  तथा समानुपातिक निर्वाचनका लागि लागि चयन गरिएका संभावित उम्मेदवारहरुमा क्षेत्र नम्वर १ वाट पुर्व सभासद सुदर्शन वराल, युवराज केसि, वावुराम खरेल, तेजेन्द्र सलामी, श्रीजना तरामु रहेका छन् । त्यसैगरि क्षेत्र नम्वर २ वाट अशोक थापा, गणेश विश्वकर्मा, खुम वहादुर थापा, मनिराम ज्ञवाली, शेर वहादुर सर्तुङ्गी, यदु ज्ञवाली र वविता रिजाल रहेका छन् भने क्षेत्र नम्वर ३ वाट पूर्व सभासद वामदेव क्षेत्री, र चन्द्र वहादुर थापा (सागर) वुद्धि जिसी, दिनेश पन्थी, निम वहादुर पाण्डेय, टंक पोख्रेल, सुर्य वहादुर वुढा, उमा विश्वकर्मा, घनश्याम पराजुली, देविराम अर्याल,वेगम चन्द, चन्द्र वहादुर विश्वकर्मा र भुपाल पोख्रेल रहेको एकिकृत नेकपा माओवादीका जिल्ला संयोजक सुदर्शन वरालले जानकारी दिनु भएको छ ।
भदौ १० गते भित्रमा दुवै तर्फका संभावित उम्मेदवारहरुको नामावली सिफारि गर्न पार्टिले दिएको निर्देशन अनुसार आज उपस्थित १ सय ३५ जनाको जिल्ला कमिटी वैठकलले उक्त नामहरु सिफारिसका लागि चयन गरेको हो । सिफारि गरिएका संभावित उम्मेदवारहरुको नामावली हेर्दा सवैभन्दा वढी ३ नम्वर क्षेत्रवाट १३ जनाको नाम चयन गरिएको छ । जिल्लामा आगामि संविधान सभा निर्वाचनका लागि काँग्रेस र एमाले भन्दा एनेकपा माओवादीले चाँडो उम्मेदवारहरुको नामावली चयन गरेको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग