Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"दश हजार दिन्छौँ तैले छोरी मार, नत्र हामी मार्छौ"

Published on 2:23:00 AM //

प्रेम सुनार
भाद्र ४, गुल्मी । तिन वर्ष अघि गैह्र दलित पुरुषबाट १४ वर्षको उमेरमा बलात्कृत भई जन्मीएको सन्तान र आफ्नो ज्यानको समेत खतरा भएपछि गुल्मी वलिथुमकी एक दलित अपाङ्ग युवती यति बेला सुरक्षाको माग गर्दै सदरमुकाम तम्घासस्थित प्रशासनको शरणमा आएकी छन् । वलिथुम गाविस वडा नम्वर ३, लुम्पेक गाउँकी दुवै खुट्टाकी जन्मजात अपाङ्ग १८ वर्षिया विजुली सुनार गत एक हप्तादेखि ज्यानको सुरक्षा र गास-वासको ब्यबस्था गरी पाउँ भनि जिल्ला प्रशासन कार्यालको शरणमा आएकी हुन् ।
निजलाई तिन वर्षअघि उनको घरै मुनिका कोलामुनी माईला भन्नेका छोरा अन्दाजी २५ वर्षका  विवाहित पुरुष रामबहादुर श्रेष्ठले धाराबाट जबर्जस्ती लागि आफ्नो घरको कोठामा लगेर वलात्कार गरेका थिए । उनले बलत्कारबाट जन्मेको सन्तान स्वीकार गरी रातको समयमा माओबादी नेताहरु गुहारेर २५ हजार रिपैयाँ विजुलीका बाबु रुपलाल सुनारलाई दिई गापचुप पारेका थिए । ‘छोरी जन्मेपछि मार भनेका थिए मैले मानिन्’ विजुलीलले भनिन् –‘केहि दिनपछि मेरो घर देखि माथी मामाको घरमा रातको १२ वजेतिर बोलाए, म जान्न भन्दा मार्ने धम्की दिँदै बोलाईयो र २५ हजार वुवालाई दिई अवदेखि कसैसंग नभन्ने र त्यो सन्तान वेवरिसे बनाई माईती मै पालेर राख्ने भन्दै जवरजस्ती मिलाईएको थियो । ’
‘उसले माओवादी नेताहरु बोलाएको रहेछ, मैले डेढ लाख नभई मान्दीन भने अनि उसको दाजुले मान्ने भए मान नत्र मारेर बोरामा हालेर फाल्दीन्छु भने, बुवाले पनि हुन्छ भने , म टाउँको हल्लाउन बाध्य भएकी हुँ ’ –उनले भनिन् ।  ‘अहिले छोरीलाई स्कुल भर्ना गर्न जाँदा जन्म दर्ता मागे सरहररुले अनि मैले रामबहादुरका परिवारसंग जन्म दर्ताका कुरा उठाउँदा उनकी श्रीतिबाट छोरीलाई मार्ने धम्की आयो, मेरा काका भोजराजले पनि दश हजार दिन्छन् उनिहरुले छोरी मारेर फाल्दे भने त्यस पछि म आमा छोरी कै ज्यानको खतरा हुने देखेर तम्घास आएकी हुँ’– उनले रुदै बताईन्  ।
‘त्यो २५ हजार बुवाले रात दिन रक्सी खाएर सक्नु भयो उनले  एक पैसा पनि मेरा हातमा परेन । मिलेको कुरा उठाईस भने आमा छोरीलाई मारी दिन्छु भनेर मेरो बुवाले नै भन्नु हुन्छ, कान्छा बुवाले  त्यो कुरा गापचुप पार्न उतैतिर लागेर हिडने भएको छ’–उनले अधिकारकर्मीहरुका विचमा यस्तो कुरा सुनाईन् । घरबाट हिड्न दिएका थिएनन् म आँखा छलेर अरुसंग भाडा मागेर आएकी हुँ, अव घर फर्किने हो भने सके त मलाई मार्लान नभए पनि घर भित्र पस्न दिन्नने , म कहाँ जाउँ ? उनले यस्तो भनेपछि अधिकारकमीहरुले हिंसा पिडित महिला पुनस्थापना केन्द्रमा लगेर उनलाई राखेका छन् ।

ईन्सेक गुल्मी, जागरण मिडिया सेन्टर गुल्मी शाखा, महिला मानव अधिकार रक्षक सञ्जाल, दलित महिला संघ, लोकतान्त्रिक महिला सञ्जाल र जिल्ला वाल संगठनका अधिकारकर्मीहरुले जिल्ला प्रशासनमा डेलिेकशनमा गईन्यायका लागि पहल गरी दिन आग्राह गरी रहेका छन् । सोमवार प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले  अधिारकर्मीहरु सहित पिडित विजली, अधिकारकर्मीहरु र पिडक रामबहादुर श्रेष्ठका बाबुलाई झिकाएर छलफल गराएका थिए ।        
निजका बाबुलाई तत्काल छोरा रामबहादुरलाई झिकाउन लगाईएको जिल्ला प्रहरी प्रमुख डिएसपी राजकुमार लम्सालले बताए ।‘ आमा र छोरी माथी आएको थ्रेटका सम्वन्धमा हामी गम्भीर छौं ’ लम्सालले भने– ‘उनको सुरक्षा हामी दिन्छौ र न्याय पनि दिलाउँ छौ ।’ उनले जिल्ला प्रहरी कार्यालयले दलितको मुद्धालाई विशेष प्राथमिकतामा राखेको बताउँदै आफुले पिडित ति दलित युवतीलाई छिट्टै  न्याय दिलाउने प्रतिबद्धता जनाए ।
यस घटनालाई यहाँका अधिकारकमीहरुले दलित माथी राणा र पञ्चायत कालिन ठुला जाती भनिनेहरुको हैकम र दमनको झल्को आउने घटनका रुपमा लिएका छन् । लोकतान्त्रिक महिला सञ्जालकी अध्यक्ष विष्णुकुमारी सापकोटा, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष सिता भुषाल, जानकी गौतम, दलित महिला संघकी अध्यक्ष कमला बराल, ईन्सेक प्रतिनिधी नरेश भण्डारी र जागरण मिडिया सेन्टर गुल्मी प्रतिनिधी यसै समचारदाताले यस घटनाको सहजकरण गरिहेका छन् ।
निज रामबहादुर श्रेष्ठ त्यस घटना पछि बैदेशिक रोजगारमा गएको र त्यहाँबाट फर्केपछि घरबाट श्रीमति झिकाई बुटवलतिर बस्ने गरेकोबताईएको छ । निजका बाबु कोलामुनि माईलाले छोरो आफ्नो सम्पर्कमा नभएको भन्दै पन्छिन खोजेको बताईन्छ  ् । ‘मलाई त केहि थाह छैन् ’उनले प्रशासनका सामु भनेका छन् –‘उ कहाँ छ , मलाई थाह छैन् । ’तर सिडियो र डिएसपीले तत्काल झिकाउन ताकेता गरेका छन् ।  
थारो भैसीको मोलामा छोरीको अस्मीता बेच्ने उनका बाबु रुपलाल र काका भोजराजले यो घटना गापचुप पार्न मुख्य भुमिका खेलेको पिडित विजुलीलेबताईन् । दुवै खुट्टाकी अपाङ्ग उनि काम गरेर खान सक्दीनन् । ‘बाबु रात दिन जाँड खाएर हिडेनु हुन्छ’ उनले भनिन् –‘एउटी आमाको ज्यालला मजदुरीले जन तन पाल्नु भएको थियो त्यही पनि अव न्याय खोज्न आएपछि वस्न पनि टुट्यो ।’
सानो झुपडी, दुई महिना नपुग्ने बारी भएका सुनार परिवार उनिहरु भन्दा ठुलो संख्यामा रहेका नेवार  समुदायबाट पहिल्लै देखि दमित भएकोले पनि उनिहरुले जे भन्छन् त्यही मान्न बाध्य भएको स्थानियबासीको भनाई छ  । आरोपित श्रेष्ठसंग सम्पर्क हुन सकेन । उनका भाउजुहरुसंग सम्पर्क राख्दा आफुहरुले नभई दोषि रामबहादुरकी श्रीमतिले उनलाई त्यस्तो धम्की दिएको सुनेको बताए ।‘ खै हाम्लाई त थाह छैन् नाम नवताउने सर्तमा श्रेष्ठकी भाउजुले भनिन् उति बेला माओबादीहरुले मिलाएका हुन क्यारे, अहिले खै के भा’छ , थाह छैन्  । ’
 उनि बलात्कृत भई सन्तान जन्मेको र जँड्याबाबुले  २५ हजार रुपैयाँ खाएर गापचुप पारेको  सुचना प्राप्त भएपछि २ वर्ष अघि यो समचारदात पिडित विजुलीको घरमा पुगेको थियो ।  उनका बाबु रुपलाल र काका भोजराजले तपाईलाई के खाँचो हामी मिलीसक्यौ भन्दै उल्टै पिडक पक्षलाई उठाएर आक्रमण गर्छन कि जस्तो बातवरण सिर्जना गरेपछि मध्येरातमा फर्किनु परेको थियो ।
पिडित पक्ष नै बोल्न नचाहेपछि रेडियो पत्रिका ओझेलका खवरमा यात्रा संष्मरणका रुपमा त्यो घटना पहिलो पटक उठान गरिएको थियो । उतिबेला किन बोलिनौ त भन्ने प्रश्नमा विजुलीले भनिन् बुवाको डरले बोल्न सकिन र तपाईलाई चिन्न पनि सकिन् ।  पछि अरुसंग फोन नम्वर मागेर आएको उनले बताईन् । उनको माग छ निज रामबहादुरले छोरीको जिम्मा लिनु पर्छ र आफुलाई गासवासको ब्यवस्था गरिदिनु पर्दछ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग