Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अबिरल बर्षाका कारण जुनियाँमा ४ घरमा क्षति

Published on 5:52:00 AM //

संगिता कुवँर
साउन २४, गुल्मी । अविरल वर्षाल गुल्मीको जुनियाँ गाविसका ४ ओटा घरमा क्षति पुगेको छ । पहिरोले पुरिँदा जुनियाँ गाविस वडा नं. ८ चिदिपानी सालघारीका रुकवहादुर विकको घरमा पुर्ण रुपमा क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय जोहाङ्ग खैरेनीका अनुसार पहिरोले घर भत्किँदा १ लाख ३० हजार वरावरको क्षति भएको छ । घर भत्किएपछि विकको ५ सदस्यीय परिवार आफन्तको सरणमा वस्न वाध्य भएको छ । यसैविच पहिरौकै कारण जुनियाँ ८ वेलका रुखका पुर्णवहादुर खत्रीको घर पनि जोखिममा परेको छ । घरमाथिवाट आएको पहिरोले घर जोखिममा परेको स्थानीय विश्वास पौडेलले जानकारी दिनुभयो ।

जुनियाँ ८ कै सारु टोलका रेखवहादुर सारुको घरआगडिवाट जाँदा घर जोखिमा परेको छ भने पहिरोले नै जुनियाँ ७ का शेरवहादुर खत्रीको घर पनि जोखिमा परेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग