Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सडक चौडा पार्दा तम्घासका घर भत्काउने कि के गर्ने ?

Published on 11:50:00 PM //

प्रेम सुनार
साउन ३०, गुल्मी । पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई सरकारले ल्याएको सडक चौडा पार्ने कार्यलाई  बर्तमान सरकारले निरन्तरता दिँदै भदौबाट तन्सेन-तम्घास सडक खण्ड चौडा पार्ने भएको छ ।
यस क्रममा तम्घास बजार लगायत सडक छेउँका घरहरु काठमाण्डौमा जस्तै सरकारले बल प्रयोग गरेर पनि भत्काउन सक्ने भएकोले यस विषयमा तम्घास वजारका घरहरु भत्काउने वा बैकल्पीक सडक बनाउने भन्ने विषयमा सरकारवालले बृहत छलफल गर्ने भएका छन् । यस विषयमा जिल्ला विकास समितिले बुधवारकै एक कार्यक्रममा विषय प्रवेश गरे पनि सरोकारवालाको कम सहभागिता रहेको भन्दै भदौ १५ गते सम्म  बृहत सरोकारवाला जुटाएर छलफल गराउने जिम्मा तम्घास गाविसलाई दिईएको जिल्ला विकास समितिका कार्याक्रमम अधिकृत शंकरप्रसाद गौतमले जानकारी दिनुभयो ।   "जिल्ला विकास समितिले बुधवारको एक कार्यक्रममा स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले विषय प्रस्तुत गरेर समिति गठन गरौं भन्नु भएको थियो" गौतमले भन्नुभयो, "सरोकारवाला पुरै नजुटेको भन्दै भदौ १५ भित्रमा तम्घास गाविसले सरोकारवाला जुटाएर छलफल जुटाउने निर्णय गरिएको छ ।"
सडक चौडा पार्ने क्रममा वर्तमान सडकको विचवाट दायाँ-वाँया १५-१५ मिटर चौडा पारिने छ । सदरमुकाम तम्घास लगायतका स्थानमा त्यसरी सडक चौडा पार्दा धेरैका घर भत्कीने हुँदा कम भन्दा कम क्षति गराउने पहल स्थानिय सरोकारवालले गर्ने गरेका छ्न् । पाल्पाको उदाहरण दिदै कार्यक्रम अधिकृत गौतमले भने तान्सेन बजार जोगाउनका लागि उनिहरुले होलाङ्गदी हुँदै ढुङ्गा खानीबाट सहायक राजमार्ग खोल्ने भएका छन् । तम्घास, वलेटक्सार, रिडी लगायतका स्थानमा रहेका घर टहरा हुने जनताले पनि बैकल्पीक मार्ग खोलेर घर टहरा हटाउन नहुने माग गर्दै आएका छन् । उनिहरुले यस अघि आन्दोलन समेत गरेका थिए । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग