Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको दश वर्षे कृषि योजनालाई ५० लाख वजेट

Published on 11:43:00 PM //

प्रेम सुनार
साउन ३०, गुल्मी  । गत वर्ष देखि गुल्मीका राजनैतिक दलहरुले ल्याएको दश वर्षे कृषि योजनाको अवधारणलाई सरकारले सम्वोधन गर्दै यस वर्ष जिल्ला विकास समिति मार्फत ५० लाख रुपैयाँ वजेट छुटयाउने भएको छ ।
‘गत वर्ष स्थानिय श्रोतबाटै दश वर्षे कृषि योजनाको प्रारम्भीक कार्य सञ्चाल गरेको थियो’ स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले भने– यस वर्ष सरकारले नै ५० लाख रुपैयाँ विनियोजन गरेको जानकारी आएको छ ।  त्यसका अलवा विश्व बैंकले ब्यवसाीयक कृषि विकास कार्यक्रम पनि गुल्मीमा सञ्चालन गर्ने भएको छ । त्यस्तै अर्को एक दातृ निकायले किशानका लागि उन्नत विउ विजन कार्यक्रम समेत सञ्चालन गर्न लागेको उहाँले जानकारी गराउनु भयो ।
जिल्ला विकास समितिले बुधवार दश वर्षे कृषि योजना, विकास निर्माण र सडक चौडा पार्ने विषयमा राखेको वृहत अन्तरकृया कार्यक्रममा जसलाई उसले सार्वाजानिक सुनुवाई नाम दिएको थियो सोही कार्यक्रममा स्थानिय विकास अधिकारी ज्ञवालीले यस्तो जानकारी गराउनु भएको थियो । गत वर्ष दश वर्षे कृषि योजनालाई स्थानिय श्रोतबाट ब्यबसायीक तरकारी खेती गर्ने विभिन्न गाविसका कृषकहरुलाई प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी निर्माण, ५० प्रतिशत अनुदानमा कृषकहरुलाई हाते टयाक्टर प्रदान, साना सिंचाई कार्यक्रम लगायतका काम भईरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सरोकारवालको प्राविधिक पक्ष, अनुगमनलाई औपचारीकता मात्र निभाउन नहुनेमा जोड दिएका थिए । कर्मचारी मात्रै उपस्थीत गराएर के को सार्वजानिक सुनुवाई कार्यक्रम ? भनेर सरोकारवालले जिविसको आलाचना गरेका थिए । जवाफमा स्थानिय विकास अधिकारी ज्ञवालीले विभिन्न विषयमा अन्तरकृया गर्ने कार्यक्रम तय गरीएको तर ब्यानर के लेख्ने त ? भन्दा सार्वजानिक सुनुवाई लेखौन त भनेर लेखिएको भन्दै खास सार्वजानिक कार्यक्रम नभएको बताउनु भएको थियो । बृहत जनता विच जिल्लाका तिन वटै क्षेत्रमा सार्वजानिक सुनुवाई कार्यक्रम राखीने उहाँले प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा एकिकृत नेकपा माओवादीका निमबहादुर पाण्डे, नेकपा एमालेका वोमबहादुर खड्का, नेपाली काग्रेसका भुवन प्रसाद श्रेष्ठ, राप्रपाका भरतबहादुर चन्द, लगायतका दलका नेता, गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, पुर्व अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, महासचिव कृष्णप्रसाद पोखरेल, गैरसरकारी महासंघका अध्यक्ष विष्णु प्रसाद पोखरेल, रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम लगायतका पत्रकार, उद्योगी ब्यबसायी, अन्य सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम अधिकृत विनोद मरासनीले गत आर्थिक वर्षमा जिल्ला विकास समितिले गरेका कार्यक्रम बारे जानकारी गराउनु भएको थियो भने अर्का कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले सञ्चालन गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग