Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीजको शुभकामना (तीज गीत)

Published on 11:01:00 PM //

-कल्पना पौडेल "जिज्ञासु"

तीजको सबैलाई दिँदै शुभकामना 
दाजुभाई दिदीबैनी अभिवादन 
फेरी पनि आयो बरै तीज घर आँगन 
माइती घर सम्झेर रुन्छ यो मन 
धेरै बर्ष भै सक्यो प्रदेशमा आएको 
छैन मैले तीजको दर खाएको 
सन्तानको भबिस्य राम्रो होला भनेर 
बसेकी छु नेपाल जाने दिन गनेर 
बाध्यतामा फसेकी छु देशमा छैन रोजगार
श्रम शोषण दमन हिंसा सहँदै अत्याचार 
यौटी चेली बेचिइन रे अर्की यौन सिकार 
महिलाको जीवन बर्बाद भयो बेकार 
ज्यान जोखिममा राखेर बिदेशिन परेको 
छैन अझै गरीबको दु:ख हरेको 
नयाँ सत्ता फेरीए, नेताहरु मोटाए 
देश बनाउने युबालाई बिदेश पठाए 
ढुकुटी कुम्ल्याउँदा नि छैन तिनलाई अमन 
गरीबलाई बस्ने खाने दिनै आएन 
फर्कौ अब प्रदेशी आफ्नै देश बनाउन  
सकिएन प्रबासमा कहिल्यै रमाउन

 गैँडाकोट-४,  नवलपरासी
 हाल:इजरायल

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग