Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नाक कानै च्यातेर गहना लुटियो (अडियो कुराकानी सहित)

Published on 9:02:00 PM //

प्रेम सुनार
भदौ १२, गुल्मी । अब तिज आयो, गहना कपडा प्रदशर्न गर्ने होड बाजीमा हुनु हुन्छ भने ख्याल गर्नु होस् दिन दहाडै घरै आएर नाक कानै च्यातेर गहना लुट्न थालेका छन् लुटेराहरुले ।
हिजो साँझ करिव पौने सात बजेको समयमा हस्तीचौर ६ कि डालकुमारी कुँवर च्यातिएको नाक र कानमा पट्टी बाँधेर नाकको फुली र कानका रिङ्ग एक लुटेराले लुटेर भागेको भन्दै आज जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आउनु भएको छ । हिजो एक्कासी कुँवर माथी आक्रमण गरी पिपलधारा ५ निवासी ३२ वर्षिय लक्ष्मण मुखियाले करिव २ तोला बराबरको रिङ्ग र नाकको फुली नाक कानै च्यातेर लुटि लगेको भन्दै प्रहरीमा उजुरी दिनु भएको हो ।
उजुरी पश्चात निज मुखियालाई हिरासतमा लिई अनुसन्धान अगाडी बढाईएको सो कार्यालयका सुचना अधिकृत प्रहरी निरक्षक सुशान्त श्रीवास्तवले जानकारी दिनु भयो ।  निजले स्विकार नगरे पनि पिडितत महिला र प्रन्त्यक्षदर्शीबाट उनै हुन गहना लुट्ने भनिएकोले बलियो असांका उनै माथी भएको उहाँले जानकारी गराउनु भयो । निज मुखिया  यस अघि ठगी मुद्धामा ४ वर्ष कारागार सजाएँ भोगेर गत साउन १ गते मात्र कारागार मुक्त भएको प्रहरी निरक्षक श्रीवास्तवले बताउनु भयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग