Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रिडिमा न्यौपानेको दाहसंकार (फोटोहरु सहित)

Published on 3:50:00 AM //

जनार्दन घिमिरे
गुल्मी, १२ भदौ ।  नेपाली कांग्रेसका कोषाध्यक्ष तथा नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष हरी प्रसाद न्यौपानेको मंगलवार पाल्पामा कार दुर्घटनामा परि ज्यान गएपछि आज उनको शोकमा गुल्मी जिल्ला शोकमग्न वनेको छ । उनको पार्थिव शरिरलाई बिधबार विहान पाल्पावाट सदरमुकाम तम्घास स्थित पार्टि कार्यालयकमा पुर्याई विभिन्न राजैतिक दलका नेता तथा कार्यकर्ता र सर्वसाधारणद्धारा श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यसपछि उनको शवलाई हँगा गाविस स्थित उनको घरमा पुर्याई अन्तिम श्रद्धाञ्जली अर्पणपछि मुधबारै बेलुकी पवित्र धार्मिकस्थल रिडीमा दाह शंस्कार गरिएको थियो ।
स्वर्गीय न्यौपानेलाई नेपाली काँग्रेसका केन्द्रिय सदश्यहरु चन्द्र भण्डारी, राजन पन्त,नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय सदश्य ओम गौचन, पार्टि सभापतिहरु चन्द्र केसि, विर वहादुर राना, पुर्व सांसदहरु भगवत ज्ञवाली, कमलराज श्रेष्ठ लगायत विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरि उनको सामाजिक तथा राजनैतिक व्यक्तित्वको वारेमा चर्चा गरेका थिए । उनको अन्तिम श्रद्धाञ्जली अर्पणका लागि रिडीमा हजारौं शुभचिन्तकहरुको भीड लागेको थियो । ४८ वर्षीय न्यौपानेका एक श्रीमती, एक छोरी २ छोराहरु रहेका छन् ।



भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग