Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेस नेताको निधनप्रति एमाओबादीद्वारा शोक ब्यक्त

Published on 8:57:00 PM //

प्रेम सुनार
भदौ १२, गुल्मी । निर्माण ब्यवसायी संघ गुल्मीका अध्यक्ष तथा नेपाली कांग्रेस गुल्मीका कोषाध्यक्ष हरिप्रसाद न्यौपानेको हिजो सडक दुर्घटनाबाट भएको दुखद निधनप्रति एकिकृत नेकपा माओवादी गुल्मीले शोक ब्यक्त गरेको छ ।
जिल्ला पार्टी कार्यालयको तर्फबाट जिल्ला सचिवालय सदस्य युवराज के.सीद्धरा जारी शोक बक्तब्यमा निर्माण ब्यवसायी संघका अध्यक्ष तथा कांग्रेस कोषाध्यक्ष हरिप्रसाद न्यौपाने जस्तो सामजिक ब्याक्तित्वको हिजो पाल्पामा सडक दुर्घटनामा भएको मृत्युको खवरले आफ्नो पार्टी स्तब्ध र मर्माहत भएको उल्लेख छ । जिल्लाका विभिन्न क्षेत्रमा उहाँको योगदान र राजनितिक ब्याक्तित्वको हिसावले उहाँले पुराएको योगदान र निर्माण ब्यबसायको क्षेत्रमा एउटा जुझारु, कर्मठ र कर्मशिल ब्यक्तित्व गुमाएको एमाओबादी पार्टीले विज्ञप्तीमा जनाएको छ ।
शोकको यस घडिमा स्वर्गिय न्यौपाने तथा सोही दुर्घटनामा ज्यान गुमाउनु भएका थोर्गा निवासी कार चालक ईसव नेपालीको मृत आत्माप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दौ विज्ञप्तीमा भनिएकोछ । साथै शोकमा डुुब्नु भएका मृतकका परिवारजन, सम्पुर्ण आफन्त साथै नेपाली कांग्रेस गुल्मी परिवारप्रति पनि हार्दिक समवेदना ब्यक्त गर्द छौ एकिकृत माओवादी गुल्मीले भनेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग