Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 2:40:00 PM //

-राम प्रसाद पाण्डेय
जुन जस्तै तिम्रो मुहार भन्दिन भो औंशी छर।
फुल जस्तै जवानी त्यो भन्दिन भो ओईली झर ।।

जँहा तिम्लाई खुसी मिल्छ त्यहीँ तिमी गए हुन्छ।
कर गरी जबरजस्ती भन्दिन भो बिहे गर ।।

अरुसँग साइनो लगाई पराई तिमी भए पनि ।
मै सँग नाता जोडी भन्दिन भो बसाँई सर ।।

आफ्नो जोहो आफै गर्छु जसो तसो गरि कन ।
एक्लै जिउने प्रयास गर्छु भन्दिन भो पर्छु भर ।।

सोध्नु तिम्रो कर्तब्य हो कमजोरी त मेरै थियो ।
छोडि गए नि तिमी, भन्दिन भो गयौ पर ।।

जुन जस्तै तिम्रो मुहार भन्दिन भो औंशी छर ।
फुल जस्तै जवानी त्यो भन्दिन भो ओईली झर ।।


तम्घास गुलमी

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग