Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा भाईरलका बिरामी बढे, सतर्कता अपनाउन सुझाब

Published on 8:54:00 AM //

संगिता कुवँर
गुल्मी, साउन २४ । बदलिँदो मौसमसंगै देशभर भाईरल ज्वरोका विरामी वढीरहेको वेला गुल्मीमा पनि भाईरलका विरामी वढेका छन् । विरामी वढेसंगै जिल्ला अस्पतालसँगै विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागी विरामीहरुको चाप वढेको छ । जिल्ला अस्पताल तम्घासमा अहिले दैनिक १० जना सम्म भाईरलका मात्रै विरामी आउने गरेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. हरि वहादुर केसीले बताउनुभयो । जिल्लाका अरु ठाउँहरुमा पनि भाईरलका विरामी वढीरहेको स्वास्थ्यकर्मीहरुको भनाई रहेको छ ।
प्रदुषित पानी तथा वदलीँदो मौसमले गर्दा विरामीहरुको संख्या वढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उमालेको पानी पिउने, सरसफाईमा ध्यान दिने, सावुन पानीले हात धोएर मात्रै खाने कुरा खाने लगायतका सर्तकता अपनाएमा भाईरलबाट वच्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग