Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्लड क्यान्सर पिडित नितेशलाई सहयोग पठाईयो

Published on 12:56:00 PM //

प्रेम सुनार
साउन २४, गुल्मी । गुल्मीको अर्लाङ्गकोट स्थित ब्लड क्यान्सरले जिवन मरणको दोसाँधमा रहेर कान्ती वाल  अस्पताल काठमाण्डौमा उपचार गराई रहेका नितेश खरालको उपचार्थ संकलित रकम उनका बाबुको खातामा पठाईएको छ ।
रेडियो रेसुङ्गाको चर्चित कार्यक्रम रेडियो पत्रिका ओझेलका खवरले प्रशासरण गरेको उनको सहयोगको अपिल सम्वन्धी खवरका श्रोताले तम्घास संकलन केन्द्रमा संकलित रकम मध्येबाट उनका बाबु लालमणी खरालको हिमालय बैंक काठमाण्डौको खातामा  ५० हजार रुपैया पठाईएको हो ।नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णुकुमारी सापकोटा, ओझेलका खवर सञ्चालक प्रेम सुनार र हिमचुली गेष्ट हाउसका सञ्चालक यदु न्यौपानेलाई सहयोग हस्तान्तरण गर्नु हुने सहयोग दाताबाट प्रााप्त रकम सापकोटा र न्यौपानेको सयंक्त खाता राष्ट्रिया बाणिज्य बैंकको खातमा जम्मा गरिएको छ ।
करिव ७० हजार जम्मा भएको रकम मध्ये अहिले ५० हजार पठाईएको तम्घास स्थित सहयोग संकलन अभियानकी संयोजक विष्णुकुमारी सापकोटाले जानकारी दिनु भयो ।अध्यक्ष सापकोटा र नेपाल महिला संघका दिदी बहिनीहरुको सक्रियतामा सहयोग संकलन भएको प्रति पिडित परिवारले आभार प्रकट गरेका छन् । एकै साथ पठाउँदा परिवारले अन्य कुरामा खर्च गर्न सक्ने भएकाले अध्यक्ष सापकोटा आफै अस्पतालमा गएर अवस्था बुझि हाललाई ५० हजार मात्रै पठाउने र बाँकी अर्को किस्तामा पठाउने निर्णय गरिएको छ । सहयोग संकलन कार्य जारी रहेकोले सयोग गरी दिन आग्रँह गरिएको छ । उता अर्लाङ्गकोटमा सक्रिय सहयोग संकलन समितिले पनि साईन रेसुङ्गा बैंकमा खाता खोली सहयो संकलन गरेको छ । त्यस्तै अमेरिका, जापान, कोरिया र वेलायतमा बस्ने नेपालीहरुले ओझेलका खवर सुनेर ठुलो रकम सहयोग गरेका छन् । हाल सम्म नितेश बचाउ अभियानमा करिव ५ लाख सहयोग संकलन भई सकेको नितेसका बाबु लालमणी खरालले बताउनु भएको छ । अझै ३ लाख भए नितेशको उपचार हुने बताईएको छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग