Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सेतो गबारोका कारण कफि खेतीको उत्पादनमा कमि

Published on 2:53:00 AM //

संगिता कुवँर
गुल्मी, साउन २४ । कुनै बेला कफि खेतीका लागि प्रशिद्ध जिल्लाको रुपमा परिचित गुल्मीमा अहिले कफि खेतीको उत्पादन कमि आएको छ ।
नियन्त्रण गर्नै नसक्ने सेतो गबारोका कारण कफीका बोटै मर्न थालेपछि किसान चिन्तित बनेका छन् । विदेशमा समेत निर्यात हुने गुल्मेली आर्गनिक कफिको बजारले उत्साहित बनेका कृषकलाई गबारो नियन्त्रण गर्न नसकेपछि निराश बनेका हुन् । पछिल्लो पटक जापान, कोरिया र अष्ट्रेलियामा बढि लोकप्रिय रहेको गुल्मेली आर्गनिक कफी उत्पादनमा ह्रास आएपछि कफी उत्पादक किसान चिन्तीत बनेका हुन् । १९९५ सालमा आपचौँरका एक जना किसानले शुरुवाट गरेको कफी खेती केहि वर्ष यता व्यवसायिक बनेको थियो ।
अघिल्ला वर्षहरुमा राम्रो उत्पादन भएको कफी पछिल्लो एक वर्षयता गबारो लागेर बोटमै मर्न थालेको रुरु गाबिस बडानम्बर ९ का कफी उत्पादक किसान मुना भट्टाराईको गुनासो छ । गबारोका कारण धमाधम कफी मर्न थाले जिल्लामा व्यवसायिक कफी खेती संकटमा परेको छ । ३ हजार ५ सय भन्दा बढी किसानले उत्पादन गरेको कफिको बजारीकरणका लागि जिल्ला सहकारी संघले सघाउँदै आएको छ । गुल्मीको कफि जापान र कोरियामा ‘गुल्मी अर्गानिक कफि’ कै नामबाट परिचित छ । कृषि कार्यालयका अनुसार जिल्लामा १ सय २५ हेक्टरमा अर्गानिक कफि खेती हुँदै आएको छ । यसरी नियन्त्रण गर्न नकिने रोगले चिन्तीत बनेका किसान आफनो जिल्लालाई कफिले चिनाउन हरदक प्रयाश गरीरहेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग