Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१५ महिनादेखि श्रीमान विदेशमा रहेकी एक महिलाले बच्चा जन्माईन, गाउँकै दुई जनालाई लाग्यो आरोप

Published on 2:33:00 AM //

प्रेम सुनार
भदौ ११, गुल्मी । गरिवीबाट मुक्ति पाईने सपना देखेर विदेश पुगेको १५ महिना पछि गुल्मी हस्तीचौरका एक ब्याक्तिले गत हप्ता नमिठो खवर सुन्नु पर्‍यो विदेशमा । ‘लौ तेरी स्वास्नीले त घरमै सन्तान जन्माई, एक जनालाई मात्र होईन् गाउँका दुई दुई जना केटाहरु बताउँछे.....’ यस्तो  खवर सुनेपछि तिन सन्तान कि आमाले त्यस्तो गर्लिन् भनेर कल्पना समेत नगरेका उनि ठुलो पिडामा परे । ‘पहिला एउटालाई बताईन् फेरी अर्को केटालाई पोलिन्’ स्थानिय आमा समुहकी अध्यक्षले भनिन् ‘आरोपित  मध्ये एउटा यहीँ छ अर्को दिल्लीतिर पुगेको छ ।’ आरती नाम परिवर्तनको यस्तो चर्तिकला एककान दुईकान मैदान हुँदै जाँदा सुरुमा महिला समुह जुटे पछि स्थानिय सवै भद्र भलादमीले निकास दिए ।
कसलाई लगाउने ? आमा एउटालाई , सन्तान अर्कोलाई भिराउने की के गर्ने ? समाज टाठाबाठाहरुलाई पनि बडो अफ्ठयारो । उनिहरुको पालो एक लाख विस हजार ति महिलालाई दिन लगाएर  यसको न उसको बनाएर त्यस घटना गाउँमै गापचुप पारिएको छ । ‘श्रीमानसंग फोन भै राख्थ्यो, त्यस्तो गरुँला जस्तो त थिएन, खै त्यस्तै भयो’ उनले भनिन् ‘खै के मरुँ त जवर्जस्ती गर्न आएपछि ।’
एक जना सित मात्रै भए त हुन्थ्यो तपाईले त दुई जना केटालाई आरोप लगाउनु भएको छ रे नि त ? भन्ने प्रश्नमा उनले भनिन् ‘एउटाले पहिला हो, अर्कोले पछि ।’ दिल्लीतिर गएको केटाले बच्चा फाल भनेर एक हजार दिएको थियो अर्कोले जवरजस्ती गरेको हो’ उनले भनिन् । बैदेशिक रोजगारमा रहेका पुरुषहरुको यो कथा जिल्लामा प्रतिनिधी मुलक घटना हो । तमाम पुरुषहरु घर फर्किदा पैसा न श्रीमति भएका छन् । एकातिर गाउँका झिल्केहरुलाई एक्ली महिला देख्नै नहुने त अर्कोतिर श्रीमान टाढा भएको मौकामा चौका हान्ने कतिपय महिलाहरुको नकचरो प्रबृतिले विकाराल रुप लिँदैछ हाम्रो समाजमा ।
एकजनाले त जवरजस्ती गरेछ रे, अर्कोले पनि जवरजस्ती नै गरे होला त ? यस्तो प्रश्न गर्दा ति लगायत अर्की छिमेकी गाविस दर्लामचौरकी एक महिलाले पनि विदेश श्रीमान, यता अर्कैको गर्भ बोकेर हालै माईतीतिर गई बसेपछि यि र यस्ता कतिपय  महिलाहरुको विकृतिलाई ब्याङ्ग गर्दै त्यस गाउँका महिलाहरुले यस पालीको तिजमा यस्तो तिज गित नरच्लान भन्न सकिन्न ‘उता फोनमा ठिक्क छिन् पोईसित, यता हजुर एक होईन दुईसित बरिलै.......’

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग