Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

न्यौपानेको नेपाली कांग्रेस गुल्मीद्धरा श्रद्धाञ्जली सभा (फोटोहरु सहित)

Published on 11:44:00 AM //

प्रेम सुनार
भदौ १२, तम्घास । हिजो साँझ पाल्पामा माथीबाट झरेको ढुङ्गाले किचेर निधन भएका दुई जना मध्ये निर्माण ब्यवसायसी सघं गुल्मीका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष हरिप्रसाद न्यौपानेको अहिले बिहान नेपाली कांग्रेस गुल्मीले पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा गरीरहेको छ । सभामा केन्द्रय सदस्य चन्द्र भण्डारी, त्रैलोक्य प्रताप सेन , पार्टी सभापति चन्द्र के.सी., उपसभापति भुवनप्रसाद श्रेण्ठ, सचिव विष्णु बलाल लगायतका नेता कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरेका थिए । अव केहि बेरपछि उहाँको शव पुर्ख्यौली घर हुँगा ९ लगेर उतैबाट रिडीमा अन्त्यष्टीका लागि लैजाने कांग्रेसले जनाएको छ ।
हिजो घटनास्थल पाल्पाको मदनपोखरा ४ को डुम्रेबाट गाडी मुनी किचिएर क्षत विच्छेद भएको न्यौपाने र चालक ईसाव नेपालीको शव प्रहरीले निकालेर पाल्पा जिल्ला अस्पतालमा लिएर राखेको थियो ।  
हुँगा ९ , झेर्दी निवासी न्यौपाने र थोर्गाका चालक ईसाव नेपालीे लु १ च ४६०४ नम्वरको कारमा हिजो वुटवलबाट तम्घास आउने क्रममा डुम्रे स्थित सडक भन्दा माथीबाट एक्कासी खसेको करिव २५ किलो तौलको ढुङ्गा खसेर कारमा बज्रिदा सिधै न्यौपानेको टाउको , पेट र वायाँ पाखुरा क्षत विच्छेद भएको थियो ।  
 चालक नेपाली सिटमा स्टेरिङ्ग समाएको अवस्थामा शव फेला परेको थियो । सडकदेखि तल २० मिटर अफ्ठयारोमा फसेको क्षत विच्छेद गाडीबाट सव निकाल्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । प्रत्यक्षदर्शी दिगामका लोकनाथ पाण्डेका अनुसार ट्रक र बस उचिनेर अगाडी बढेको एक सेन्ड पनि नहुँदै न्यौपाने चढेको गाडीमा माथीबाट ढुङ्गा खसेको थियो । ‘म वुटवलबाट मोटर साईकलमा आउँदै थिएँ,पाण्डेले भने ‘गाडी तल खसेर लाईट बलेको थियो, को के हो भन्दै जाँदा हरिदाईले लगाउने गरेको गलाको माला देखेपछि अलिअलि पहिचान भयो, पछि झोलामा नागरिकता फेला परेर मात्र एकिन पहिचान गर्न सकिएको हो ।’
‘उहाँको चेहरा पहिचान गर्न सक्ने अवस्था थिएन् ’उनले भने ‘अलिकति तल खसेको भए खोला ठुलो थियो, शव फेला पार्न समेत मुस्कील थियो । ’
न्यौपानेकी श्रीमति जमुना  घरमा अचेत अवस्थामा भावविहल हुनुहुन्छ ।  २ छोरा १ छोरीका बाबु न्यौपाने अत्यन्तै मिलनसार समाजसेवीका रुपमा चिनिदै आउनु भएको थियो । लामो समयदेखि निर्माण ब्यबसायमा हात हाल्नु भएको न्यौपाने २०२४ साल बैशाखमा जन्मीनु भएको हो । उहाँ रेडियो रेसुङ्गाको सञ्चालक समेत हुनुहुन्छ ।पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा विहान १० वजे सकेर दिउँसो हुँगा स्थित घरमा बृद्धबाबु आमाकहाँ लगी आजै रिडीमा उहाँको अन्त्यष्टी गरिने न्यौपानेका आफन्त कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो । घटनास्थल पाल्पामा निर्माण ब्यवसायी संघका निवर्तमान अध्यक्ष बालसिंह काउछा, उपाध्यक्ष नारायण पोखरेल, पत्रकार जनादर्न घिमिरे र यो समचारदाता पनि पुगेको थियो । चालक नेपालीको परिवारले क्रिश्चन धर्म मान्ने भएकोले त्यही धार्मिक विधी अनुसार पाल्पाकै चर्चमा अन्त्यष्टी गरिने बताईएको छ । उनका बाबु भारतबाट बाटोमा आउँदै गरेकोले पर्खिएको छ । तिन वर्ष अघि बिबाह गरेकी श्रीमतिलाई अझै जानकारी नदिईएको उनका भाईले बताउनुभयो ।
फोटोहरु: तारा भुषाल, प्रेम सुनार  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग