Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकवर्षदेखि अवरुद्ध मालिका लघुजबिद्युत आयोजना सञ्चालन

Published on 4:34:00 AM //

संगिता कुवँर
श्राबण २२, गुल्मी । एकवर्षदेखि अवरुद्ध गुल्मीको मर्भुङ्ग गाविसमा रहेको मालीका लघु जलबिद्युत आयोजना सञ्चालनमा आएको छ । एक वर्षसम्म ढलेका पोल र लत्रेका तारहरु मर्मतमा कसैले चासो नदिँदा आयोजना अवरुद्ध भएको थियो । आइतबार र सोमबार स्थानीयवासिन्दाको सक्रियतामा ढलेका पोल र लत्रेका तारको व्यवस्थापन गरेपछि आयोजना सुचारु भएको टिकावहादुर क्षेत्रीले वताउनुभयो । लघुजलविद्युत आयोजना सुचारु भएपछि मर्भुङ गाविस तथा सिर्सेनि गविसको बडा नम्बर १ का उपभोक्ता उज्यालोमा वस्न पाएका छन् । २०६५ सालमा स्थानीय टिकावहादुर क्षेत्रीको पहलमा २० लाखको लागतमा ८ किलोबाट क्षमतोको विद्युत आयोजना निर्माण गरिएको थियो ।
यसैविच तम्घासदेखि सिमलटारीसम्म आंशिक रुपमा सवारीसाधनचल्न थालेका छन् । हस्तिचौरको भेकेटारीमा झरेको पहिरोहटाएपछि वस तथा ट्याक्टर आंशिक रुपमा चल्न थालेको सहयोगी सागर गिरीले जानकारी दिनुभयो ।

छत्रभूमि संरक्षण विकास प्रतिष्ठान समिति पौँदी अमराईको पूर्नगठन

छत्रभूमि संरक्षण विकास प्रतिष्ठान समिति पौँदी अमराईका सोमबारपूर्नगठन भएको छ । पौदिअमराई – ८ छत्रभूमि मन्दिर परिसरमा वसेको आम भेलाले आगामी कार्यकालका लागी हरी बहादुर थापाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमितिको गठन गरिएको छ ।
जसको उपाध्यक्षमा हिरामणिी आचार्य र विर बहादुर जिसी, सचिव तेज नारायण पौडेले, सह सचिवमा जित वहादुर जीसी, कोषाध्यक्षमा रामराज घिमिरे, वरिष्ठ सदस्यमा चिरञ्जीवी थापा लगायत अन्य सदस्यहरु रहेको त्यहाँबाट सहकर्मी आरवि थापाले जनाउनुभएको छ । सोहि भेलाले दल बहादुर थापाको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग