Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका १६ गाविस न्युनतम शर्त मापनमा फेल, जिविसको नजिता गतवर्ष भन्दा झन कमजोर

Published on 4:34:00 AM //

संगिता कुवँर
साउन २२, गुल्मी । गुल्मीका १६ ओटा गाविस न्युनतम शर्त मापनमा फेल भएका छन् । प्रचलित नीति नियम विपरित रकम खर्च गर्ने गाविसहरु फेल भएका हुन् ।  १४ वटा गाविस जिल्ला विकास समितिले गरेको न्युनतम शर्त मापनमा फेल भएका हुन भने दुईओटा गाविसलाई जिविसले सिफारिस गरेर पठाएको भएपनि मन्त्रालयले फेल गराएको छ ।
जयखानी, फोक्सिङ्ग, रुपाकोट, कुर्घा, रुरु, रिमुवा, ग्वादी, अमरअर्वाथोक, गौडाकोट, अर्खाबाङ्ग, नेटा, धुर्कोट रजस्थल, हस्तिचौर र अग्लुङ्ग गाविस जिविसले गरेको न्युनतम शर्त मापनमा फेल भएका छन् । जिविसको न्युनतम शर्त मापन समितिले सिफारिस गरेर पठाएको सदरमुकाम तम्घास र अमरपुर गाविसलाई भने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नियमानुसार काम नगरेको भन्दै फेल गराएको छ  । कुन सुचकमा फेल भएका हुन् भन्नेबारे भने जानकारी नआएको जिविसले जनाएको छ । फेल हुनेमध्ये अधिकांश गाविसले लक्षित वर्गको वजेट दुरुपयोग गरेको जिविसका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले वताउनुभयो ।
फेल हुने गाविसहरुमा विकासको लागि आउने थप बजेट कटौती हुने जिविसले जनाएकोछ ।  यसैविच यसवर्ष जिविस गुल्मी न्युनतम शर्त मापनमा पास भएपनि गत वर्ष भन्दा कम अंक ल्याएको छ । स्थानीय निकाय वित्तिय आयोगको सचिवालयले हालै सार्वजानिक गरेको न्युनतम सर्त तथा कार्यसम्पादन मापनमा जिविसले गत वर्षभन्दा ५ अंक कम ७० अंक मात्रै ल्याएको छ । पास भएपछि जिविसका कर्मचारीलाई १ लाख २५ हजार र जिविसमा अनुदान थपिने सुचना अधिकृत गौतमले वताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग