Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुनाव भाँड्न युवाहरु संगठित गर्दै माओबादी

Published on 2:31:00 AM //

प्रेम सुनार
साउन २७, गुल्मी । सरकारले मंसिरमा घोषणा गरिरहेको संविधानसभा चुनाव जसरी पनि भाँड्नु पर्छ नेकपा–माओवादी गुल्मी जिल्लाका विभिन्न गाविसमा युवाहरुलाई संगठित गर्दै हिंडेको छ । उसले जिल्लाका तिन वटै क्षेत्रमा युवाहरु संगठित गरिहेको छ ।
सो पार्टीकाराज्य समिति सदस्य तथा राष्ट्रिय जनस्वंयसेवक गुल्मीका अध्यक्ष खिम खड्काले भने "हामी पत्थरको जवाफ पत्थरले दिएर पनि चुनाव भाँडन युवाहरु संगठित गर्दै हिँडीरहेका छौँ ।" आगामी संविधानसभा चुनाव जनघाती भएको भन्दै उनले ब्यापक युवाहरु परिचान गरी जसरी पनि चुनाव भाँडेरै देखाउने राज्यलाई चुनौती दिएका छन् । आज क्षेत्र नम्वर ३ को भनभनेमा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले यस्तो चुनौती दिएका हुन् ।
भनभनेमा उनले खिमबहादुर सेन ओलीको संयोजकत्वमा राष्ट्रिय युवा स्यम सेवक कमिटी गठन गरिएको बताए । समितिमा चेतबहादुर घर्ति, अर्जुन खत्री, टोमबहादुर सेन लगायतका युवाहरु रह्ेको बताईएको छ । प्रशिक्षण कार्यक्रममा राज्य समिति सदस्य तथा १२ नम्वर ईलाका ईन्चार्ज टेकराज पोखरेलको प्रमुख आतिथ्यता , सेक्रटरी रामबहादुर परियार प्रतावको बिशेष आतिथ्यता रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग