Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा कुल १ लाख ६० हजार मतदाता पुगे (फोटो फिचर)

Published on 5:08:00 AM //

भाद्र ७, गुल्मी । फोटो सहितको नामावली संकलनका लागि सरकारले थपेको एक  सातको म्यादका क्रममा जिल्ला निर्वाचन कार्यालय गुल्मीमा झण्डै ९ सय जना मतदाता थपिएका छन् । यो खवर तयार पार्ने बेला सम्म साढे आठ सयले फोटो सहितको मतदाता नामावली भरीसकेका छन् । फारम भर्नेहरु कोहि भित्र पसी सकेका थिए भने कसैले आउँदै छौ भनेर  जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीलाई बाटैबाट फोन गर्दै थिए । साढे आठ सय नाग्यो अधिकृत लक्ष्मण पाण्डेले भने राती सम्म ९ सय पुग्ने दखिन्छ ।
गत असार मशान्त सम्म १ लाख ४९ हजार ८ सय ६१ जना मतदाताले भरेका  थिए जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले भने यो  हप्ता सहित करिव १ लाख ६० हजार मतदाता गुल्मीमा पुग्ने भएका छन् । उनले दिएको बिबरण अनुसार महिला मतदाताको संख्या १५ हजार बढि देखिन्छ । शुक्रबार पनि अधिकांस महिलाहरु बढी छन्, छुट्यान बाँकी छ । असार मसान्तमा पुरुष मतदाता संख्या ६७ हजार ५ सय ६ जना थिए भने महिला ८४ हजार २३ सय ४४ जना रहेका छन् । खत्रीले दिएको बिबरण अनुसार क्षेत्र नम्वर १ मा ३९ हजार ७ सय ५०जना मतदाता छन् । २ मा ५९ हजार ५ सय ६१ जना र सवै भन्दा  बढि क्षेत्र नम्वर ३ मा ५० हजार ५ सय ५० जनाले मतदाता नामावली भरेका छन् । २०६४ सालको संविधान सभा चुनावको मत सर्वेक्षण हेर्ने हो भने फोटो सहितको मतदाता नामावली संख्या झण्डै एक लाख कमी छ ।
२०६४ सालमा २ लाख ६१ हजार ६ सय ६९ मतदाता संख्या थियो भने जम्मा १ लाख ३८ हजार ९ सय ४४ मत खसेको थियो । खसेको मतको तुलना गर्दा खासै अन्तर नदेखिएको निर्वाचन अधिकृत खत्रीको भनाईछ । २०६८ को जनगणना अनुसार २ लाख ७९ हजार ७५ जना  थियो । निर्वाचन अधिकृत खत्रीका अनुसार मतदाताको संख्या अहिले भरिएको भन्दा बढि छ ।
बाहिरी जिल्लामा बसेर भर्नेहरुको बिबरण आईसकेको छैन । देश-प्रदेश जाने र चुनाव बहिस्कार गरेका दलका कार्यकर्ता, समर्थक धेरै बाँकी छन् । उनका अनुसार  यसपली मतदान स्थान ७ वटा थपिएका छन् । अर्लाङ्गकोटमा एक स्थान थपिएको छ । त्यस्तै दिब्रुङ, हर्राचौर, थानापतिमा एक एक स्थान थपिएको छ भने धुर्कोट रजस्थलमा दुई स्थान थपिएको छ । गत निर्वाचनमा १ सय २२ स्थानमा मतदान भएको थियो भने यसपाली १ सय २९ स्थानमा हुने छ । सुरक्षाकर्मी बाहेक जिल्लाको निर्वाचनका लागि २६ सय ७ जना शिक्षक जनशक्ति तयार गरिएको र कर्मचारी ८ सय ५३ जना तयार परिएको जिल्ला निर्वाचन अधिकृत गणेश बहादुर खत्रीले जानकारी दिए ।





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग