Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हिँसा विरुद्धको सञ्जालको २ दिने तालिम सम्पन्न

Published on 2:32:00 AM //

संगिता कुवँर
गुल्मी, भदौ १० ।  महिला मानवअधिकार रक्षक सञ्जाल, जिल्ला शाखा गुल्मीको आयोजनामा सञ्चालित महिला हिँसा विरुद्धको दुई दिने तालिम सोमवार सदरमुकाम तमघासमा सम्पन्न भएको छ । तलिमको समापन कार्यक्तममा बोल्दै सञ्जालकी केन्द्रीय सचिवालय सदस्य लक्ष्मी न्यौपानेले महिलाहरु अधिकारका कुरासँगै आर्थिक रुपमा सवल बनी संस्कृतिको नाममा हुने गरेका हिँसाहरुको वारेमा बोल्ने समय आएको बताउनुभयो ।
न्यौपानेले अब न्याय पाएनौँ भनेर चुप लागेर बस्ने अवस्था नरहेको बताउनुभयो । कार्यक्रममा सञ्जालकी जिल्ला अध्यक्ष सिता भुसाल, उपाध्यक्ष जानकी गौतम, सदस्य संगिता गौतम लगायतले आफ्नो अधिकारका लागि आ–आफ्नो क्षेत्रबाट सवै जोडतोडका साथ लाग्नुपर्नेमा जोड् दिनुभएको थियो । कार्यक्रममा जिल्लाका महिला मानवअधिकारकर्मीहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण केन्द्रीय सचिवालय सदस्य लक्ष्मी न्यौपाने र पश्चिमाञ्चल संयोजक इन्दिरा आचार्यले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग