Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गहना लुट्ने अर्को लुटेरा पनि पक्राउ

Published on 10:57:00 AM //

प्रेम सुनार
भदौ १३,गुल्मी । हिजो नाक कानै च्यातेर एक महिलाको गहना लुटेको समचार बाहिर आए लगत्तै अर्को लुटेर पनि पक्राउ परेको छ । अँस्ती सम्साझै हस्तीचौर गाविस वडा नम्वर ६ निवासी छल्दीटार निवासी डालकुमारी कुँवरलाई घरमा खाना पकाउन लागेको बेला एक्कासी आक्रमण गरी उनको नाक र कान पुरै च्यातेर २ तोला बराबरको सुनका गहना लुटेर लैजाने दुई जना मध्येको अर्को लुटेरा पनि पक्राउ परेको हो ।
उक्त अभियोगमा नवलपरासी शिव मन्दिर निवासी सुशिल बयम्दु मगरलाई गए राती पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको सुचना अधिकृत निशान्त श्रीवास्तवले जानकारी दिए । यस अघि पिपलधारा ६ निवासी ३२ वर्षिय लक्ष्मण मुखियालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखी सकेको छ । निज मुखियाले नवलपारासीबाट लिएर आएको साथी बताईएको छ मगरलाई । पहिला पनि मुखिया ठगी मुद्धामा कारागार सजाएँ भोगेर एक महिना अघि मात्र निस्केकोले विभिन्न जिल्लाका अपराधीक समुह मिलेर तिजको बेला महिलाहरुले अलि बढि गहना लगाउने भएकोले पेशेपर रुपमै लुट्ने धन्दामा उनिहरु लागेको हुन सक्ने आसंका गरिएको छ ।
स्मरण रहोस गत वर्ष अर्घाखाँची, पाल्पा लगायतका लुटेराहरुको समुहले हस्तीचौरकै बृद्ध दम्पत्ति दुबैलाई घन प्रहार गरी घरमै मारेर गहना लुटेर लगेका थिए । कुँवरले पनि त्यस दिन आफ्ना गहना खोस्न अगाडी बढेको भए उनको पनि उनिहरुले ज्यान लिन सक्ने स्थानियबासी बताएका छन् ।
हिजो समचारमा आएको लुटेरा मध्ये नवलपरासीको सुशिल भन्ने ब्याक्तिलाई आफुहरुले समातेर प्रहरीमा बुझाएको तम्घास मिलनचोकका वासीन्दा ठाकुर पाण्डेले बताए । यि दुई जनाले पिडित महिला कुँवरको एकजनाले घाँटी समात्ने मुख थुन्ने र अर्कोले नाक कानै च्यातेर गहना लुटेर लगेका थिए । नाक कान दुबै च्यातिएकी कुँवर विरामी परेकी छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग