Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वेचिन लागेका गुल्मीका दुई चेलीको उद्धार

Published on 10:58:00 AM //

सीता भण्डारी
गुल्मी, ३ भदौ । भारतको वैङ्लोरमा वेच्नका लागि लगिँदै गरेका गुल्मीका दुई चेलीको कपिलवस्तुवाट उद्धार गरिएको छ । गुल्मी सिर्सेनी गाविस छापका १८ र २५ वर्षीय दई युवती लाई भारतमा जागिर लगाईदिने निहुँमा वेच्नकालागि भारततर्फ लैजाँदै गरेको अवस्थामा विशेष सुराकिको आधारमा चन्द्रौटावाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । सनही ९ कपिलवस्तुकी निर्मला परियार र सोही ठाउँकि सुककुमारी लामाले ती युवतिलाई वेच्ने मनसायले भारततर्फ लैजान लागेको थाहा पाएलगत्तै भारतीय सीमा क्षेत्रमा जिल्ला प्रहरी कार्यालय गुल्मीले खवर गरेपछि ईलाका प्रहरी कार्यालय चन्द्रौटाले उनिहरुलाई होटलवाट पक्राउ गरेको जिल्ल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीले होटल सञ्चालक करविर शाहीलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका महिलालाई अहिले ईलाका प्रहरी कार्यालय चन्द्रौटामा राखि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग