Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घनले हानेर श्रीमतीको विभत्स हत्या

Published on 3:03:00 AM //

प्रेम सुनार
साउन २५, गुल्मी । पानी परिरहेको थियो । सुनसान रात, एकान्त घर । सधैको थनथन गर्ने बुढा, एकछिन अझै थनथन गर्लान र सुत्लान भन्दै थिईन उनकी श्रीमति । तर एक्कासी घन टाउँकोमा प्रहार गरे बुढाले उनि ठहरै भईन् । यो दुखद र हृदय विदारक घटना हो गए बुधवार अर्घखाँची हंसपुरमा घटेको ।
हंसपुर गाविस वडा नम्वर ७ वामरुक निवासी ७० वर्षिय बृद्ध भुवनेश्वर आचार्यले ६० वर्षिया श्रीमति कृष्णकुमारी आर्चायलाई त्यरी घनले हानेर विभत्स हत्या गरेका हुन् । घटनाको जानकारी पाउन साथ हंसपुर प्रहरीचौकीबाट टोली खटाईएको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीले जानकारी दियो । घटना स्थलमा हंशपुर प्रहरी चौकी प्रमुख प्र.स.नि. जग्गुलाल कुँवरसंग सम्पर्क राख्दा निज भुवनेश्वरले घनले हानेर श्रीमतिको  हत्या गरेको स्वीकार। गरेको बताए । मेरो मति बिग्रेर घनले टाउकोमा हानेर मारे भने उनले प्र.स.नि कुँवरले भने अहिले उनलाई पक्रेर जिल्ला प्रहरी कार्यलय तिर लैजाँदै छौ ।
तिन छोरा  देश प्रदेश रहेको र छोरीको विवहा भएकोले उनिहरु वुढाबुढी मात्रै घरमा थिए । उनिहरु प्राय सधै झैगडा गर्ने गरेको कुँवरले बताए ।‘ राती कति बेला हो एकिन जानकारी छैन् ’उनले भने पानी परिरहेको थियो छिमेकीले पनि थाह पाएनन् , बिहान मात्रै जानकारी भएको हो । घरमा पति पत्नी विच हुने सधैको झै झगडाले यस्ता अप्रिय घटना निम्ताउँ छ भन्ने यस घटनाले प्रश्ट पारेको छ । तपाईको दम्पत्ति विच पनि यस्तो झै झगडा चल्दै आएको छ भने बन्द गर्नु होस् अन्यथा एक दिन यसै घटना नघटला भन्न सकिन्न ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग