Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुध खान ल्याएको गाई काटेर मासु खाईयो

Published on 8:33:00 PM //

प्रेम सुनार
भदौ ५, गुल्मी । गुल्मी ह्वाङ्दीमा एक दलित परिवारले दुध खान भनि भर्खर किनेर ल्याएको गाई काटेर मासु खाएका छन् । ह्वाङ्दी गाविस वडा नम्वर ४ निवासी ५० वर्षिय धनबहादुर बिश्वकर्माका परिवारले ज्युँदै गाई घरमा काटेर खाएका हुन् । भदौ ३ गते  दुध खान भन्दै अन्यत्रबाट भर्खर किनेर ल्याएको खाई काटेर मासु खाने बिश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी राजकुमार लम्सालले जानकारी दिनु भयो ।
गाउँमा काले बिश्वकर्मा भनेर चिनिने धनबहादुरले अन्य मासु खाएको तर सिङ, पुच्छर र केहि मासु सहित मरभुङ प्रहरी चौकीले पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालयमा आवस्यक कार्वाहीका लागि वुझाएको लम्सालले बताउनुभयो । निजलाई गौ वधको मुद्धा अदालतमा दायर गरिने जनाईएको छ ।
गौ बध मुद्धाबाट उनले सफाई पाउन नसके १२ वर्ष सम्म कैद सजाँय हुने प्रवधान छ । उता छिमेकी जिल्ला स्याङ्जामा पनि केही ब्राम्हण क्षेत्री युवाहरु मिलेर अर्काको गोरु चोरर खाएका छन् । देवप्रसाद पौड्याल सहित गोरु मारेर मासु खाने ५ जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरी गौ वधको मुद्धा चलाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग