Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमालेका गाउँ कमिटी उपाध्यक्ष र काँग्रेसका विध्यार्थी नेता एमाओवादीमा

Published on 2:43:00 AM //

प्रेम सुनार
साउन २३, गुल्मी । नेकपा एमाले गुल्मीको खर्ज्याङ गाउँ कमिटी उपाध्यक्ष र नेपाली काँग्रेसका एक जना विध्यार्थी नेता एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । नेकपा एमाले खर्ज्याङ गाउँ कमिटी उपाध्यक्ष गोविन्द पाण्डे र खर्ज्याङ घर भई वुटवल स्थित शिद्धार्थ गौतम वुद्ध क्याम्सका ने.वि.संघका संयोजक विष्णुप्रसाद पन्थ एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका हुन् ।
पार्टीले सञ्चालन गरेको निर्वाचन आभियानका क्रममा प्रवेश गरेका उनिहरुलाई एकिकृत नेकपा माओवादीका केन्द्रिय सल्लाहकार समिति सदस्य रामराज तिम्लिसेना, २ नम्बर क्षेत्रिय संयोजक अशोक थापा, मँगराज राज्य समिति सदस्य गणेश बिश्वकर्मा लगायतका नेताहरुले अविरले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।
नव प्रवेश पाण्डेले नेकपा एमाले कम्युष्टिहरुको एकता नचाहने र पुँजिपतिहरुको पार्टी बनेको आरोप लगाउँदै आफुहरु एकिकृत नेकपा माओवादीमा प्रवेश गरेको बताए । त्यस्तै ने.वि.संघबाट प्रवेश गरेका पन्थले अव पुरानो राजनैतिक शक्तिलाई साथ दिनु भनेको गरिव सर्वहारा जनतालाई घात गर्नु जस्तै ठानेर नेपाली कांग्रेस परित्याग गरी एकिकृत नेकपा माओवादीमा प्रवेश गरेको उद्घोष गरे ।
नव प्रवेशीहरुलाई स्वागत गर्दै मँगरात राज्य समिति सदस्य गणेश बिश्वकर्माले आफु पुरानो राजनैतिक शक्तिमा कुनै भिजन र विचार नभएकोले आफु नेकपा एमाले परित्याग गरी एकिकृत नेकपा माओवादीमा प्रवेश गरेर सक्रिय राजनितीमा लागेको बताए । यसै विच रुरु गा.वि.स.मा सुवेदारबा भनेर परिचीत चित्रबहादुर थापा नेकपा एमाले परित्या गरी एकिकृत नेकपा माओवदाीमा प्रवेश गरेका छन् । भारतिय सेनाबाट अवकास प्राप्त सुवेदार मेजर थापाले आफु लामो समयदेखि नेकपा एमालेको राजनिती गरेको तर कम्युनिष्ट भएर काँग्रेसको एजेण्डा बोकेर हिड्ने गरेका कारण एमाले परित्याग गरी एकिकृत नेकपा माओवादीमा प्रवेश गरेको बताए । अव कम्युनिष्टहरु फुटेर होईन एकता गरेर अगाडी बढ्न’पर्ने उनको धारण थियो । सुवेदार मेजर थापा, रुरु ६ कै लोकबहादुर थापा सहित १५ जना एकिकृत नेकपा प्रवेश गरेको मँगरात राज्य समिति सदस्य गणेश बिश्वकर्माले जानकारी दिए ।
अन्य पार्टी परित्याग गरी प्रवेश गर्ने क्रम जारी रहेको जिल्ला संयोजक सुदर्शन वरालले बताए । हिजो युद्धकालमा माओवादीको डर धम्कीले जनता माओवादीमा गएको भन्ने विपक्षीहरुका सामु शान्ति प्रकृया पछि दोब्बार सर्व साधरण र अन्य दलका नेताहरु समेत एकिकृत नेकपा माओवादीमा प्रवेश गनुले उनिहरुको त्यो आरोप मिथ्या पुष्टी भएको संयोजक वरालको धारण थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग