Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा तीज धमाका (फोटोहरु र भिडियो)

Published on 9:53:00 AM //

सन्जु काउछा
हेल्सिन्की, १ सेप्टेम्बर २०१३ । फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा तीज तथा दर खाने कार्यक्रम भब्यताका साथ मनाईएको छ । हेल्सिन्की स्थित कोन्तुलामा हिजो शनिबार एक बिशेष कार्यक्रम आयोजना गरी तीज मनाईएको हो । फिन्निश-नेपाली समाजको आयोजनामा सम्पन्न कार्यक्रममा हेल्सिन्कीबासी नेपालीहरुको उल्लेख्य सहभागीता रहेको थियो । "कार्यक्रममा झण्डै ३०० नेपालीहरुको उपस्थिती रह्यो", फिन्निश नेपाली समाजका अध्यक्ष हेमराज शर्माले गुल्मीन्युज.डट.कमलाई बताउनुभयो । "नेपालीहरु मात्र हैन कार्यक्रममा उपस्थित बिदेशी पाहुनाहरुले पनि बडो रोचकताका साथ कार्यक्रम हेरे", शर्माले थप्नुभयो ।
बच्चाहरुको लागि ५ युरो र अन्यका लागि ७ युरो प्रवेश शुल्क राखिएको कार्यक्रममा हेल्सिन्की स्थित ८ वटा नेपाली रेस्टुराँहरुले खानपिनको सौजन्य गरेका थिए ।
हेरौँ सोही कार्यक्रमका केही तस्बिरहरु र भिडियो:

















 
भिडियो हेर्नुहोस्:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग