Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गायिका सम्झना लामिछानेले नचाईन युएईका नेपालीलाई (फोटो र भिडियो सहित)

Published on 6:05:00 AM //

दुबई, ३० अगस्ट – अर्घाखाँची सम्पर्क समिती युएई र गुल्मी सेवा समाज युएईको संयुक्त आयोजनामा शुक्रबार अर्थात अगस्त ३० का दिन दुबईमा तीज बिशेष साझ २०७० भब्य रुपमा सम्पन्न भएको छ । बरदुबइको इम्पेरियल स्वीट होटलमा भएको कार्यक्रममा अर्घाखाची घर भएकी नेपालकी चर्चित लोक गायिका सम्झना लामिछाने मगरको प्रमुख samjhana lamichhane in UAE प्रस्तुती सहित स्थानिय ख्याति प्राप्त कलाकारहरु चुमन काउछा मगर, शर्मिला पौड्याल, मन्जु के सी, यमलाल पराजली, सृजना भन्डारी लगायतले पनि प्रस्तुति गरे ।
इम्पेरियल होटलको आठौ तलाको हलमा भएको कार्यक्रममा दर्शकहरुको भरि-भराउ थियो । करिब ५/७ सय नेपाली दर्शकहरु उपस्थित कार्यक्रममा रातो सारी र गरगहनाबाट सजिएका महिलाहरुको बाहुल्यता थियो । अलि अस्त व्यस्त ब्यबस्थापनका बाबजुद कार्यक्रम भब्य भएको छ । अर्घाखाँची सम्पर्क समिती युएईका अध्यक्ष राजु खड्काको सभापतित्व र र गुल्मी सेवा समाज युएईका अध्यक्ष लक्ष्मण भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संचालन उमाकान्त पाण्डेले गरेका थिए ।
अपरान्ह ३ बजे सुरु हुने भनिएको कार्यक्रम निर्धारित समय भन्दा एक घण्टा ढिलो मात्र शुरु भएको थियो । कार्यक्रमको बिच विचमा प्राबिधिक गडबडी भए पनि लोक गायिका सम्झना लामिछानेका लोक तथा दोहोरीयुक्त तीजका भाकाले दर्सक खुब हौसिदै नाचेका थिए । बिच बिचमा युबाहरुलाई हौस्याएर सायरी र भाकाहरु दिन सिपालु सम्झनाका प्रस्तुतिले युवाहरु हौसिएका थिए भने चेलीबेटीहरु रमाइलो मान्दै ठाउँ पुगी नपुगी नाचेका थिए । स्थानीय कलाकारहरुका गित र न्रित्यले पनि कार्यक्रम स्थललाई तताएको थियो । कार्यक्रममा सम्झनाले उनकै एल्बमका सबैले भन्छन मै राम्री छु रे , तीजमा भगाउ ना ए मेरो लाउरे दाइ ,रातो सारी सबको काँधमा ,घरमा पाराल बारीमा बन्सो जस्ता तिज जन्य र अन्य गीत गएकी थिइन् ।







भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग