Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राजेश र करिश्मा फेरि एक साथ

Published on 3:23:00 AM //

नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर नेपाली सिल्भर स्क्रिनका लागि सधैं सुहाउँदो जोडी मानिन्छन्। यो अनस्क्रिन जोडी लामो समयदेखि पर्दामा एक साथ भने देखिएका छन्। केही समयदेखि ठूलो पर्दामा एक साथ देखिन छोडेका यो जोडी अब भने सानो पर्दामा सँगै देखिने भएका छन्।

तिमी त मेरो प्राण हौ सिउँदोको सिन्दुर होऊ बोलको गीतको म्युजिक भिडियोमा हमाल र मानन्धर फेरि सँगै देखिन लागेका हुन्। थुप्रै फिल्ममा एक अर्काको प्राण बनिसकेका राजेश र करिश्मा मानन्धर शनिबार प्रसन्न पौडेलको निर्देशन रहेको म्युजिक भिडियोमा श्रीमान् श्रीमती भएर अभिनय गरेका छन्। गीतकार उषा श्रेष्ठको रचनामा माण्डवी त्रिपाठीको स्वर र दीपक शर्माको संगीत रहेको गीतमा राजेश र करिश्मा फेरि जोडीका रूपमा देखिनेछन्।

प्रसन्नले धेरै पहिलेदेखि राजेश र करिश्मासँग काम गर्ने चाहना भए पनि सुहाउँदो गीत नभएकाले सो चाहना पूरा हुन नसकेको र यो गीतले पूरा भएको बताए। दर्जनौं म्युजिक भिडियोलाई आफ्नो सुन्दर छायांकनले अझ उत्कृष्ट बनाउँदै आएका विदुर पाण्डेले करिश्माको सौन्दर्य र राजेशको उपस्थितिले नै क्यामेराको फ्रेम रिच देखिएको बताए। करिश्माले भने प्रसन्नसँगको पहिलो काम उत्कृष्ट लागेको बताए। त्यसै गरी राजेशले सुटिंगमा प्रसन्नको काम देखेर आफू प्रभावित भएको बताए।

एक सातामै टेलिभिजन च्यानलहरूबाट प्रसारणमा आउने यो म्युजिक भिडियो राजेश र करिश्माको दोस्रो भिडियो हुनेछ। यसअघि राजेश र करिश्माको अनस्क्रिन जोडी पहिलो पटक आलोक नेम्वाङको म्युजिक भिडियोमा देखिएको थियो। - नेपाल समाचार-पत्र दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग