Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा अस्पातलमा रक्तदान, तम्घासमा ब्लड बैंकिङ स्थापना गर्न दबाब दिईने (फोटोहरु सहित)

Published on 3:00:00 AM //

प्रेम सुनार
असौज ४, गुल्मी । शुक्रबार जिल्लामा ब्लड बैंक स्थापना गर्नको लागि सरकारलाई दबाब दिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
गुल्मी बाग्लुङ र अर्घाखाँची सम्मका विरामीहरुको चाँप हुने यहाँको सरकारी अस्पतालमा समेत ब्लड बैंकको ब्यबस्था नहुँदा पाल्पा लैजाने क्रममा कैयौं मानिसहरुको  बाटैमा मृत्यु हुने गरेको यथार्थतालाई ध्यानमा राखी सरकारलाई यस जिल्लामा ब्लड बैंक स्थापनाका लागि दवाव दिने हेतुले रेसुङ्गा लुम्विनी मेडिकल कलेज तथा शिक्षण अस्पताल पाल्पाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको रेसुङ्गा सामुदायिक प्रहरी सेवा समाज गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए ।
नेपाली सेना गुरुगोरख गुल्म तम्घास धागीथुमका सैनिक ४ जना , जिल्ला प्रहरी कार्यालयका १ जना, अनेष्ट युवा क्लव र अन्य सर्व साधरण सहित १८ जनाले रक्तदान गरेका थिए । जिल्लामा रगत भन्डार गर्ने प्रविधि नभएकाले संकलित रगतलाई शुक्रबारै मेडिकल कलेज पाल्पाका प्राविधिकहरुले पाल्पा पठाएको रेसुङ्गा अस्पताल एण्ड रिर्सर्च सेन्टरका कार्यकारी निर्देशक महेशकुमार श्रेष्ठले जानकारी दिए ।
जिल्लामा ब्लड बैंक नहुँदा आफ्ना  बाबु आमाको अकालमा ज्यान गएकोले स्मरण गर्दै सो अस्पतालका अध्यक्ष नन्दराम भुसालले जिल्लामा ब्लड बैंक स्थापनाका लागि दवाव सिर्जना गर्न र गुल्मीमा रक्त अभावका  कारण अकालमा ज्यान जान सक्ने अवस्था सिर्जना नहोस भन्नका लागि यहाँ रक्तदानगरी पाल्पामै भएपनि संकलन गर्न लगिएको बताए । रेसुङ्गा अस्पताल एण्ड रिसर्च सेन्टरका अध्यक्ष नन्दराम भुषालको विशेष आतिथ्यता रहेको रक्तदान कार्यक्रममा नेपाली सेना गुरुखोरख गुल्मका सेनानी गुल्मपति दिलविक्रम लिम्वु, निमित्त जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ, लुम्विनी मेडिकल कलेज पाल्पाका संयोजक डा. कृष्ण पराजुली, रेसुङ्गा अस्पतालका सञ्चालक शेरबहादुर थापा, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, रेसुङ्गा अस्पतालका विशेषज्ञ डाक्टर लक्ष्मण भुषाल, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, जागरण मिडिया सेन्टरका जिल्ला संयोजक प्रेम सुनार, अनटेष्ट युवा कल्व तम्घासका अध्यक्ष नविन श्रेष्ठ लगायतको आथित्यता थियो । रेसुङ्गा सामुदायिक प्रहरी सेवा समाजका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम तारा भुषालले सञ्चालन गरेका थिए ।

हेरौँ सोही अवसरमा सहकर्मी प्रेम सुनारले पठाउनुभएका केही तस्बिरहरु:






0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग