Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बैद्य समुह छाडेर एमाओवादी फर्किए गाउँ नेता

Published on 1:25:00 AM //

प्रेम सुनार
भदौ–५, गुल्मी । बैद्य नेतृत्वको नेकपा–माओवादीले अहिले आएर प्रतिकृयावादीलाई सहयोग पुराउने काम गरेको भन्दै गुल्मी क्षेत्र नम्वर १ का गाउँ नेताहरु एकिकृत नेकपा माओवादीमै फर्किएका छन् ।
नेकपा–माओवादीको सम्पुर्ण जिम्मेवारीबाट राजिनामा दिई आजैका मिति देखि एकिकृत नेकपा माओवादीमै फर्किएको घोषणा प्रेश विज्ञप्ती मार्फत सार्वाजनिक गरी रुपाकोट ९ निवासी अखिल नेपाल शिक्षक संगठन गुल्मीका जिल्ला उपाध्यक्ष वुद्धिमणी भण्डारी सहित ९ जना गाउँ नेताहरु फर्किएका हुन् ।
उनि सहित एकिकृत नेकपा माओवादीमा प्रवेश गर्नेहरुमा रुपाकोट गाउँ कमिटी सचिव शंकर भण्डारी, गाउँ कार्य समितिका सदस्यहरु कमला भण्डारी, बिक्रम बि.क., राधिका भण्डारी, विष्णु भण्डारी, रामबहादुर थापा, विशाल भण्डारी र विजय भण्डारी रहेका छन् ।
प्रवेश गर्नेहरुले नेपालमा सञ्चालति कम्युनिष्ठ आन्दोलनको नेतृत्व एकिकृत नेकपा माओवादाीले मात्रै गर्न सक्ने जिकीर गर्दै सो पार्टीमा प्रबेश गरेको बताएका छन् । आफृहरुलाई क्रान्ति गर्ने सपना देखाई बैद्यजीहरुले पार्टी फु टाएको तर कुनै निति योजना उहाँहरुमा नदेखेर एकिकृत नेकपा माओवादीमा फर्केको उनिहरुले बताएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग