Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी प्रहरीको भवन बनाउने ठेकेदारलाई झापारे आईजिपी रानाले, भने -"गालाँ चड्कन दिने जस्तो काम"

Published on 1:53:00 AM //

प्रेम सुनार
भदौं २९, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीको नव निर्मित भवनको उद्घाटन पछि प्रत्येक कोठा र सम्झौता अनुसारको अन्य भौतिक संरचना निरक्षण गरेका प्रहरी महानिरक्षक कुँवेरसिंह रानाले त्यस भवन निर्माण गर्ने ठेकेदारलाई बेस्सीरी झपारेर फर्किएका छन् । के हो यस्तै हुन्छ ? तपाईको घर बनाउनु प¥यो भने के गर्नुहुन्छ भन्नुस् त ? जाउँ त हिँड्नुस् तपाईको घर हेर्न, यस्तै छ कौसी? भन्दै रानाले उक्त भवन निर्माण गर्ने ठेकेदार नारायण पोखरेललाई भने, "गालामा चड्कन दिने जस्तो, हेर यो काम ।" यस्तै हुन्छ फ्लोर ? यो भुँई चिल्लो हुनु पर्ने होईन ? रानाले ठेकेदार नारायण पोखरेललाई प्रश्न गरे, "के यो सरकारी घर भनेर यस्तो गरेको ? हरामको पैसा हो ?" उनले त्यस भवनको सुपरिवेक्षण गर्ने प्रहरी प्रधान कार्यालयका ईन्जिनियर प्रहरी नायव उपरिक्षक ईस्वर थापालाई पनि के हेरेको भन्दै थुरेका थिए । होईन सर,  गुणस्तरमा कुनै कमी हुन दिएको छैन भनेर पोखरेलले के भन्न भ्याएका थिए रानाले फेरी उल्टै झापारे यहि हो गुणस्तर ? त्यो त परिणामले देखाई हाल्छ नि । यो त निमार्ण सम्पन्न नहुँदै हेनुपर्ने हो भन्दै उनले उद्घाटनका बेला रङ रोगन गरेर चिटीक्क देखाउने तर भित्र भने गतिलो काम नगर्ने प्रबृत्तिप्रर्ति चोटीलो पाराले प्रस्तुत भए ।
"मलाई अरु थाह छैन, सम्झौता अनुसारको काम हुनुप¥यो", रानाले आफ्ना ईन्जिीनियरलाई ईङ्गित गर्दै भने, "भएन भने म तपाईलाई कार्वाही गर्छु ।" भवनहरुको तलामा मार्वल राख्दा सर्फेस नमिलेको । तला चिल्लो हुनु पर्नेमा गेग्रेटो भएको देखेपछि राना ठेकेदार पोखरेलसंग नराम्रो सित तात्तीएका थिए । त्यसो त भवनको भुँईतलाबाट उठाएका अठ दश वटा पिलरहरु भित्र खोक्रै र बाहिरै प्वाल देखिएपछि पुर्व जिल्ला प्रहरी प्रमुख राजकुमार वैदवारले भत्काउन लगाएर फेरी उठाउन लगाएका थिए । प्रहरीको नियमित निगरानी र सुपरिवेक्षण समेत भई रहने स्थानमा त प्रहरी प्रमुखको शब्दमा सम्झौता अनुसारको काम हुन सक्दैन भने अन्य भवन र मोटरवाटाहरुको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ कि कागजमा ठिक ठाक ब्यवहरामा मनोमानी ।
उक्त भवन पन्थ बाँसुरी जेभी निर्माण सेवा तम्घासको नामबाट पोखरेलले निर्माण गरेका हुन् । महानिरक्षक रानाले तत्काल भवनमा देखिएका त्रुटि सच्चाउन निर्देशन दिएका छन् । हिँड्ने वेलामा ठेकेदार पोखरेललाई सम्झाउँदै भने प्रहरी कार्यालय जस्तो सरकारी भवन बनाउँदा नाफा नखोज्नु नाफा त तपाईहरुलाई अन्यत्रैबाट भईहाल्छ नि । राज्यले स्टिमेट गरेको भवनमा चाहिए जती पैसा विनियोजन गरेको हुन्छ पुग्दैन भन्न पाउनु हुन्न उनले भने यस्ता सरकारी भवन निर्माणमा राम्रो काम गरे तपाईहरुको शाख जम्छ । पोखरेलले भने आफुले भत्काउँदै बनाउँदै गर्दा र दक्ष जनशक्तिको अभावका बाबजुद पनि आफुले गुणस्तरमा कुनै कमी हुन नदिएको दावी गर्दै देखिएका त्रुटी सच्चाउने प्रतिबद्धता जनाएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग