Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुनाव सफल पार्ने जिम्मेवारी प्रहरीको काँधमा आएको छ ः एआईजी राना

Published on 1:57:00 AM //

जनार्दन घिमिरे
गुल्मी २९ भदौं ।  प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले नेपाल प्रहरीले साधन र श्रोतको अभावमा पाटि पौवा र जनताको घरमा वसेर पनि जनताको शान्ति सुरक्षा र अमन चयनकालागि राज्यले तोकेका सेवा प्रदान गर्दै आएको वताउनु भएको छ । उहाँले प्रहरिले कार्य सम्पादन गर्नका लागि थुप्रै समस्या र अभावहरु हुँदाहुँदै पनि देश र नागरिक प्रति प्रहरी कर्मचारीहरुलाई कत्ति पनि विचलीत नभई आफ्नो काम र कर्तव्यमा  द्धृढ रहन निर्देशन समेत दिनु भएको छ ।
शनिबार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीको नवनिर्मित भवनको उद्घाटन गर्दै रानाले उक्त कुरा वताउनु भएको हो । रानाले नेपाल प्रहरीले डण्डहीनता, अकर्मयता र भष्टा«चार विरुद्धको शुन्य सहनशीलताको नीतिलाई उच्च प्राथमिकतामा राखेको भन्दै त्यसको उल्लंघन गर्नेलाई डण्डनीय गर्नु पर्ने वताउनु भएको छ । साथै उहाँले सामाजीक तथा जातीय विभेद गर्ने जोकोही भएपनि त्यसका विरुद्ध कानुनी कार्वाही गर्न पछि नपर्न निर्देशन समेत दिनु भएको थियो । उहाँले चुनाव स्वच्छ तथा भयरहित वातावरणमा सफल पार्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको काँधमा आएको भन्दैे उक्त जिम्मेवारीलाई पूरा गर्नका लागि नेपाल प्रहरी मानसिक तथा भौतिक रुपमा तयार रहनु पर्नेमा जोड दिनु भएको छ ।
नेपाल प्रहरीसँग बिभिन्न चुनावहरुको अनुभव रहेको बताउँदै उहाँले आसन्न संबिधानसभाको चुनावमा पनि जनताको भोट हाल्न पाउने अधिकारलाई सुरक्षित गर्न मातहतका प्रहरीहरुलाई निर्देशन दिनु भएको हो । ‘हामीले यस्तो जिम्मेवारी साविकमा पूरा गरेका छौँ, अहिले  पनि आफ्नो कर्तब्य पुरा गर्न तपाईहरु मन तथा बचनले लाग्नुस’ उहाँले भन्नु भयोे ‘चुनाव सफल पार्नको लागि संगठनको निर्देशन पालना गर्नुहुन्छ  भन्ने विश्वास छ ।’ साथै उहाँले प्रहरीलाई मुखले मात्रै नभएर ब्यबहारीक रुपमै कर्तब्य पालनालाई आफ्नो धर्म र कर्मको रुपमा अनुशरण गर्न समेत निर्देशन दिनु भयो ।
नेपाल सरकार शान्ति तथा पुर्ननिर्माण मन्त्रालय अन्तर्गत शान्ति कोषको सहयो गमा गत दुई वर्ष अघि निर्माण शुरु गरिएको उक्त भवन एक करोड ३१ लाख रुपैंयाको लागतमा सम्पन्न गरिएको हो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग