Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी पुगे नेपाल प्रहरीका महानिरक्षक राना, जिल्ला प्रहरी कार्यलयको नयाँ भवन उद्घाटन (फोटोहरु सहित)

Published on 1:44:00 AM //

प्रेम सुनार
भदौं २९, गुल्मी । नेपाल प्रहरिका प्रहरी महानिरीक्षक कुवेरंिसंह रानाले शनिबार एक कार्यक्रमका बिच जिल्ला प्रहरी कार्यालय गुल्मीको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । १ करोड २८ लाख ८३ हजार रुपैँया भन्दा बढिको लागतमा निर्मित जिल्ला प्रहरी कार्यालय गुल्मीको सुविधा सम्पन्न भवन प्रहरीले पाउनु सुखद कुरा भएको भन्दै रानाले नेपाल सरकारप्रति आभार प्रकट गरे । नेपाल प्रहरीको भौतिक अवस्थावारे जानकारी गराउँदै शसत्र द्धन्द्धकालमा ध्वस्त भएका ४ हजार ३८ भौतिक संरचना मध्ये पहिलो चरणमा १ सय, दोश्रो चरणमा ९३ मध्ये ४९ वटा सम्पन्न भएको र तेश्रो चरणको ७५ मध्ये करिव ३५ प्रतिशत काम सम्पन्न भएको बताए । द्धन्द्ध कालका २० हजार १ सय १३ जना प्रहरीहरुले ज्यान गुमाएको र उक्त भौतिक संरचना ध्वस्त भएकोमा नेपाल सरकारले बिस्तृत शान्ति सम्झौता पश्चात पुनर्निर्माणका लागि वार्षिक १८ करोड रुपैयाँ छुट्याउने गरेको र आफुहरुले क्रमश प्राथामिकताका आधारमा निर्मण गर्दै जाने बताए ।
‘नेपाल प्रहरीको भौतिक संरचना अत्यन्तै दयानिय अवस्थामा छ’ रानाले भने "अझै पनि हामी पाटी पौवामा, गाविस भवनमा र जनताका घरमा भाडा तिरेर शिर लुकाउने गरेका छौं ।" उनले देश भरका ४ सय ५७ वटा स्थायी प्रहरी ईकाई र १ हजार १ सय ८७ वटा अस्थाई ईकाईको आफ्नो भवन नभएको जानकारी गराए । ‘एक हजार भन्दा बढि प्रहरीको भान्सा घर छैन’ उनले भने –‘त्यति नै संख्याका प्रहरीको शौचालय छैन ।’ त्यसका वावजुद पनि अत्यन्तै गरिव मुलुकमा यस्ता सुविधा सम्पन्न भवनहरु नेपाल प्रहरीले पाउनु गौरवको कुरा हो, हौसलाका साथ काम गरौं भन्दै प्रहरीको मुल मन्त्रलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए । गुल्मीको ईस्मा रजस्थल, पौँदी अमराई, हस्तीचौर, हवाङ्दी, मजुवा, ठुलो लुम्पेक, रुद्रवेणी, ग्वघा, खर्ज्याङ लगायतका स्थानमा प्रहरी चौकीको भवन तथा स्थापनाका लागि आवस्यक जनशक्ति र श्रोत साधनका लागि प्रहरी प्रधान कार्यालयले पत्रचार गरीसकेको जानकारी दिए ।

२०१२ सालमा तम्घास ४ स्थित ११ आना जमिनमा दुईतले कच्च भवनमा स्थापना भएको जिल्ला पहरी कार्यालय पछि तम्घास चिदीचौर अगाडी सरेको थियो । त्यहाँ पनि कच्ची भवनमा रहेको सो कार्यलयले अव भने सवै खाले आधुकिनक सुविधा सम्पन्न भवन पाएको छ । २०६८ साल जेठदेखि निमांण सुरु भएको उक्त भवन असार मसान्तमा सकिएको थियो । भवन सम्पन्न गर्नका लागि योगदान पुराउने पुर्व जिल्ला प्रहरी प्रमुख, अन्य अधिकृत, जवान र स्थानिववासीलाई जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले धन्यवाद प्रकट गरेका थिए । उद्घाटन समारोहमा लुम्विनी अञ्चल प्रहरी प्रमुख निमङ्गमार लामा, क्षेत्रिय ट्राफिक कार्यालय प्रमुख सुशिलकुमार यादव, गुल्मीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवाली, अन्य कार्यालय प्रमुख, राजनैतिक दलका प्रमुख, प्रतिनिधी र समाज सेवीहरुको सहभागिता रहेको थियो ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग