Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो गुल्मी उद्योग बाणिज्य संघले आयोजना गरेको तीज कार्यक्रम (फोटो फिचर)

Published on 3:28:00 AM //

प्रेम सुनार
गुल्मी, भदौ १८ । गुल्मी उद्योग वाणिज्य संघले मंगलवार सदरमुकाम तम्घासमा आयोजना गरेको तिज गीत  प्रतियोगिताको प्रथम पुरष्कार श्रृजनशिल वाख्रा पालन समुह तम्घास १, २ र ३ का महिलाहरुले हात पारेका छन् । सहभागी १६ वटा समुहलाई पछाडी पार्दै सो समुहले प्रथम पुरस्कार हात पारेको हो । द्वितिय हुनेमा जनज्योति आमा समुह तम्घास १, २ र ३ रहेको छ भने तृतिय स्थानको पुरस्कारमा अमर कल्याण महिला विकास बहुउद्देश्य सहकारी संस्थका महिलाहरुले चित्त बुझाउनु परेको छ ।
हेरौँ कार्यक्रम स्थलबाट घनश्याम पौडेलले खिच्नुभएका केही तस्बिरहरु:

त्यस्तै शिद्धबाबा उच्च माध्यामिक विद्यालयका विद्यार्थी र सिवाईसि सञ्चालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । महिला उद्यम शिलता तथा ब्यबसायको प्रर्वद्धनात्मक तिज गीत प्रतियोगिता विशेषतः महिलाहरुको उद्यमशिलता र उहाँहरुको प्रतिभावा लाई उत्प्रेरणा दिने उद्देश्यका साथ आयोजना गरेको संघका महासचिव कृष्णप्रसाद पोखरेलले गुल्मीन्युज डट कमलाई बताए ।






Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग