Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुर्व ईलाका सचिवद्धरा एमाले परित्यागको घोषणा

Published on 11:26:00 AM //


प्रेम सुनार
असौज ३, गुल्मी । नेकपा एमाले गुल्मीको ८ नम्वर ईलाका कमिटी सचिवले सो पार्टी परित्याग गरेको घोषण गरेका छन् । जुभुङ्ग गाविस वडा नम्वर ९ निवासी नेकपा एमालेका पुर्व ईलाका कमिटी सचिव तुलबहादुर रासकोटीले आज विज्ञप्ती प्रकाशित गरी नेकपा एमाले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
२०४७ साल देखि नेकपा एमालेको राजनिती सुरु गरेको बताउँदै विज्ञप्तीमा उनले भनेका छन्–‘नेकपा एमाले माक्र्सवाद, लेनिन्वाद र माओवादवाट भ्रष्ट भई नेपाली कांग्रेस लगायतको पुच्छर बनेर गएका कारण आजैको मिति देखि नेकपा एमाले परित्याग गरी स्वतन्त्र रहेको घोषणा गर्दछु । ’
२०५४ सालको चुनावमा जिल्ला विकास समितिको सदस्य बनेका रासकोटी एमालेमा लागेर पञ्चायती कालरात्री विरुद्ध शसक्त संर्घष गर्दै आएको बताउँदै नेकपा एमाले बाहेकको कम्युनिष्ट पार्टी कै झण्डा मुनी रहने विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले कुन पार्टी्को झण्डा मुनी ? भन्ने प्रश्नमा भने खुलाउन चाहेनन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग