Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘एक मधेस एक प्रदेश भारतको र संघियता अमेरिकाको ईसरामा’: पौड्याल

Published on 1:00:00 AM //

प्रेम सुनार
भदौ २९, गुल्मी । राष्ट्रिय जनमोर्चाकी केन्द्रिय उपाध्यक्ष दुर्गा पौड्यालले एक मधेस एक प्रदेशको प्रस्ताव भारतको ईसारमा आएको र पहिचान सहितको संघियता अमेरिकाको ईशारमा आएको आरोप लगाएकी छिन् । सो पार्टीले देश ब्यापीरुपमा सञ्चालन गरेको राष्ट्रिय प्रचारात्मक अभियान अन्तर्गत शनिबार तम्घासमा आयोजित विशाल आमसभालाई सम्वोधन गर्दै उनले यस्तो आरोप लगाएकी हुन ।
तम्घासमा आयोजित प्रचारात्मक कार्यक्रममा नाच-गान प्रस्तुत गर्दै रक्तिमका  कलाकारहरु । तस्बिर: प्रेम सुनार
‘यो देशलाई तराई र पहाडमा टुक्राएर भारतले एक मधेस एक प्रदेशको प्रश्ताव ल्याउन उक्साएको र अमेरिकाले फेरी जातिय पहिचान सहितको राज्यको प्रस्ताव ल्यान ईसरा दिएको हो’– उनले भनिन् ।‘ संघियता भन्ने कुरा यो देशका जनतालाई थाहै थिएन, यहाँको सरकारले पनि बुझाएकै थिएन्’ उनले भनिन–‘यो सव ति मुलुकहरुको ईसारामा आएको कुरा हो ।’ संघियता स्वीकार गर्नका लागि आफ्नो पार्टीका अध्यक्ष चित्रबहादुर के.सी.लाई करोडौं रुपैयाँ दिने आश्वासन आए पनि स्वीकार नगरी संघियताको विरोधमा उत्रिनै रहेको उनको कथन थियो । ‘गणतन्त्रलाई संस्थागत गरौं, राष्ट्रियताको रक्षा गरौं, संघियताको विरोध गरौ ’ भन्ने मुल नाराका साथ भाद्र १० गतेदेखि सञ्चालन भएको अभियान असौज ५ गते सकिने बताईएको छ  ।  
कार्यक्रममा केन्द्रिय सदस्य चन्द्रबहादुर के.सी., अखिल भारत नेपाली एकता समाजका पुर्व केन्द्रिय महा सचिव कुलबहादुर थापा, अखिल नेपाल किशान संघका केन्द्रिय सदस्य चिन्तामणी भट्टराई,  जिल्ला अध्यक्ष जीवन राना लगायतले मन्तब्य राखेका थिए । जिल्ला उपाध्यक्ष रामेश्वर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव छविलाल सर्तुङ्गेको सञ्चालन रहेको् थियो ।  कार्यक्रममा रक्तीम जनसाँस्कृतिक परिवारका कलाकारले जनवादी गीत, नृत्य प्रस्तुत गरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग