Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सलमानसँग दिपिकाको इच्छा

Published on 12:51:00 AM //

बलिउडमा अहिले चलेकी नायिका दीपिका पादुकोणलाई बलिउडमा करिअर शुरू गर्नुअघि सलमान खानले अभिनयमा आउन प्रस्ताव गरेका रहेछन्। त्यो प्रस्ताव दीपिकाले फिल्म ओम् शान्ति ओम्मा अभिनय गर्नुअघिको थियो। त्यसबेला दीपिकाले सलमानको प्रस्तावलाई भने स्वीकार गरेकी थिइनन् किनभने त्यसबेला दीपिका क्यामेरा फेस गर्नका लागि तयार थिइनन्। उनै दीपिकाले अहिले सलमानका साथमा अनस्क्रिन देखिनका लागि विशेष स्क्रिप्टको पर्खाइमा रहेको बताएकी छिन्।

‘मलाई पहिले समानले फिल्म खेल्न प्रस्ताव गरेका थिए। त्यसबेला म क्यामेरा फेस गर्नका लागि तयारी अवस्थामा थिइनँ। मेरा लागि सलमानले गरेको त्यो प्रस्ताव अत्यन्तै ठूलो कुरा थियो। म उनीप्रति सदैव कृतज्ञ छु। त्यसपछिको समयमा हामी अनस्क्रिन सँगै देखिनका लागि लामो समय पर्खिराख्नुपरेको छ’ –उनले भारतीय सञ्चारमाध्यमसँग भनेकी छिन्।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग