Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्वाचन स्वत्रन्त्र, निष्पक्ष, धाँधली रहित बनाउन संञ्चारकर्मीको महत्वपुर्ण भुमिका हुन्छ: प्रजिअ ढकाल

Published on 12:53:00 AM //

अनिल खत्री
गुल्मी, आश्विन १० । प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले आगामी मंसिर ४ मा सम्पन्न हुन लागेको दोस्रो संबिधान सभाको निर्वाचन स्वत्रन्त्र, निष्पक्ष, धाँधली रहित र भयरहित रुपमा सम्पन्न गर्न संञ्चारकर्मीको महत्वपुर्ण भुमिका रहेको बताउनु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा निर्वाचन र संञ्चार विषयक जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम समापन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले पत्रकार आफ्नो पेसामा मर्यादित भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ  । गुल्मीको सदरमुकाम तम्घासमा बुधवार र बिहिवार दुईदिन सम्म गुल्मी जिल्लामा क्रियाशिल पत्रकारहरुलाई दिईएको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले यस्तो कुरा बताउनु भएको हो । संबिधान सभाको निर्वाचनमा पत्रकारहरुले सत्य तथ्य समचार सम्प्रेषण गरेर सहयोग गरिदिन अनुरोध समेत गर्नु भएको थियो ।
गुल्मी जिल्लामा बिभिन्न संञ्चार माध्यममा काम गर्ने क्रियशिल पत्रकारहरुलाइ दिएको प्रशिक्षण कार्यक्रममा संबिधान सभा सदस्य निर्वाचन २०७० निर्वाचन सम्बन्धी कानुनी व्यवस्था, निर्वाचन २०७० निर्वाचन आचारसंहिता २०७० तथा निर्वाचन विवाद निरुपण, सुचना र संञ्चारका लागी नितीगत र संस्थागत व्यवस्था, लैङ्गिकमैत्री संञ्चार र निर्वाचन,निर्वाचन अनुगमन,मिडिया अनुगमन र पर्यवेक्षण सम्बन्धी व्यावस्था ,निर्वाचन र भावी मतदाता पत्रकारको दायित्व, संबिधान सभा सदस्य निर्वाचन २०७० निर्वाचनको कार्यक्रम तथा निर्वाचन प्रक्रिय उम्मेदवारी मनोनय दाबी बिरोध उजुरी, प्रचार प्रसार मतपत्र व्यावस्थापन ,मतदान,मतगणा, समचार,बिचार लेखनका आधार र स्रोतहरु, समाचार बिचार मूल्याङकन र योजना , संञ्चार माध्यमसंग आयोगको अपेक्षा लगायतका बिषयमा प्रशिक्षण दिएको थियो ।
दुइ दिन सम्मको प्रशिक्षणमा प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल ,जिल्ला निर्वाचन कार्यालय गुल्मीका प्रमख डिल्लीराज बेलवासे ,जिल्ला शिक्षा कार्यालय गुल्मीका स्रोत ब्यती तथा प्रशिक्षण कार्यक्रमका सहजकर्ता वामदेव ज्ञावली, निर्वाचन आयोग क्षेत्रिय प्रशिक्षक जनार्दन घिमिरे, नरेश भण्डारी, जिल्ला निर्वाचन कार्यलय गुल्मीका शाखा अधिकृत गणेश बहादुर खत्री, सुचना अधिकारी लक्ष्मण पाण्डेय लगायतले प्रशिक्षण दिनु भएको थियो । तालिम समापन बिहिवार  प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले गर्नुभएको थियो  ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग