Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुप्रचारमा नउत्रिन बैद्य माओबादीलाई एकिकृत माओवादीको चेतवानी

Published on 12:20:00 AM //

प्रेम सुनार
असौज १०, गुल्मी । क्रान्तिका नाममा पार्टी फुटाएर प्रतिक्रान्तिकारी शक्ति संग मिलेको भन्दै एकिकृत नेकपा माओवादी गुल्मीका कार्यकर्ताहरुले फेरी पनि कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गरे भन्ने कुप्रचारमा नउत्रिन चेतवानी दिएका छन् ।
केही दिन अघी ईस्मारजस्थल गाविसबाट एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरु नेकपा–माओवादीमा प्रवेश गरेको भन्ने समचार उनिहरुले नियोजित रुपमै विभिन्न सञ्चारमाध्यममा आफैले प्रशारण र प्रकाशित गराएको भन्दै एकिकृत नेकपा माओवादीका कार्यकर्ताहरुले बिहीवार एक विज्ञप्ती प्रकाशित गरी यस्तो चेतवानी दिएका हुन् ।  
नेकपा–माओवादीमा प्रबेश गरियो भनेर सञ्चार माध्यममा प्रचार गरिएकी ईस्मा रजस्थल २ स्थित  एकिकृत नेकपा माओवादी जिल्ला कमिटी सदस्य विमला थापा, खिमबहादुर थापा, ज्ञानबहादुर थापा र सो पार्टीको ईस्मा रजस्थल गाउँ कमिटीले बैद्य समुहको माओवादीलाई त्यस्तो घृणीत कार्यमा न उत्रिन चेतवानी दिएको छन् ।
ब्याक्तिगत कुण्ठा पुरा हुन नसकेर पार्टी फुटाउने र प्रवेश गर्दै नगरेका कार्यकर्ताहरुलाई प्रवेश गरेको भनेर कुप्रचार गर्दैमा  क्रान्ति नहुने भन्दै हल्ला गरेर शहिदको सपना माथी खेलवाड नगर्न उनिहरुको सुझाव छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग