Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समाचार प्रभावः ५ बर्षदेखी शौलालयमा बसेकी सानीलाई गुल्मी समाज युकेले घर बनाईदिने

Published on 1:10:00 AM //

प्रेम सुनार, गुल्मी । गत सेप्टेम्बर ६ मा "घरवासको अभावमा ५ वर्षदेखि शौचालयमा बस्दै दलित महिला" शिर्षकको समाचार गुल्मीन्युज डट कममा प्रकाशित भएपछि गुल्मी सिमलटारीकी सानी परियारलाई वेलायतमा कार्यरत गुल्मेलिहरुको संगठन गुल्मी जिल्ला समाज, यूकेले घर बनाईदिने भएको छ ।
‘गुल्मिन्युज डट कम सहित विभिन्न सञ्चारमाध्यममा परियारको बारेमा पढ्दा उनि र उनका तिन सन्तानको विचल्लीको कथाले मन छोयो’ युके समाजका उपाध्यक्ष केशव भण्डारीले भने, ‘हामीले उनलाई घर बनाईदिने भएका छौं ।’
सानी परियार र उनका कान्छा छोरा, आफु बस्ने शौचालयको अगाडि । 
गुल्मीको वस्तु घर भएका भण्डारी सहित समाजका अन्य पदाधिकारी एवं कार्य समिति सदस्यहरुले सानी परियारलाई खुट्टा पसारेर समेत सुत्न नमिल्ने साँघुरो र असुरक्षित त्यो सार्वजनिक शौचालयबाट मुक्त गराएर सुरक्षित र ब्यवस्थीत बासका लागि दशैं लगत्तै घर बनाउका लागि मरभुङ्ग गाविसलाई घडेरीको ब्यवस्था सहितको सिफारिस युके समाजलाई पठाउन टोलिफोन मार्फत खवर भईसकेको मरभुङ्ग १, सिमलटारीका समाजसेवी सुर्यबहादुर जि.सीले जानकारी दिए ।
‘यस्तो विषय उठाएकोमा हामी धन्यवाद दिन चाहन्छौं’ जि.सीले भने –"समाचार प्रकाशित भएपछी उनको घर बनाउने देखि अन्य सहयोग समेत हुने भएको छ । सानीलाई काभ्रे जिल्ला घर भई अमेरिकमा कार्यरत अर्जुन मैनाली पनि ३८ हजार नगद सहयोग पठाईसकेका छन् ।" दश हजार दशैँ खर्च, अन्य घरजाम ब्यवस्थापनका लागि पठाएका हुन् । ८ वर्षदेखि १२ वर्षसम्मका उनका तिन छोराहरुका बाबु को हुन भन्ने कुराको टुङ्गो लाग्न सकेकोछैन । छिमेकी गाविस वाग्ला माईती घर बताईए पनि आमाको मृत्यु पश्चात उनि माईतीजनको हेला भएपछि गत १९ वर्षदेखि सिमलटारी वजारमा सडक छाप हुँदै आएकी उनलाई पाँच वर्षदेखि स्थानिय फ्रेण्ड्स कल्वले निर्माण गरेको सार्वजानिक शौचालयमा मरभुङ्ग गाविसले राखेको हो ।
परियार र उनका छोरा छोराहरु बस्ने साँघुरो शौचालय ।
‘२०५२ सालखदेखि उनि यस सिमटारीमा कहिले कसैको गोठ त कहिले सडकमा बस्दै आएकी थिईन ’  जिसीले भने–‘ उनको त्यो विचल्ली देखेर पाँच अघि देखि उक्त स्थानमा राखेका हौं ।’ स्थानिय कतिपय राजनैतिक दलका नेताहरुले उनको विचल्लीको खवर सञ्चार माध्यममा दिए आफुहरुको बेईजत हुन्छ भनेर मलाई रोकाउन दवाव दिएका थिए, उनको उद्धारका पक्षमा उभिदै आएकी मरभुङ्ग महिला विकास समितिकी अध्यक्ष पुनम अर्यालले भनिन् ‘उनि बेल साँझ पख सम्म तपाईलाई समचार रोक्नका लागि दवाव दिईयो, जव सञ्चार माध्यममा आयो उनको उद्धार हुने भयो ।’ समाचार प्रकाशित भए लगत्तै विभिन्न ब्याक्ति र सामाजिन संस्थाहरुले यसरी सहयोग गरेपनि सरकारी निकाय मौन रहेको प्रति पुनमले गुनोसो गर्दै भनिन्–‘ यि र यस्ता राज्यको दृष्टी पुग्न नसकेका वर्ग, समुदायलाई स्थानिय तहमै दवाउने प्रवत्तिका कारणले पनि सानी जस्ता कैयौ मानिसहरुको उद्धार हुन नसकेको यस घटनाले स्पष्ट पारेको छ ।’
कतै विसौं वर्ष देखि ओढारमा बास, कतै शौचालमा वास त कतै अर्खलेकी फुर्सी नेपालीका आमा छोराको विचल्लीको कथा उठाउँदाहोस समाजका स्थानिय हैकमवालाहरुले धम्काएका थिए ।
फुर्सी नेपालीको विचल्लिको खवर यस सम्वादातालाई खवर गर्ने स्थानिय युवा नेत्र पाण्डे्लाई धम्काएका थिए । त्यसै मै हुँ भन्छ गाउँमा, के को मतलव होला त्यसलाई मात्रै भन्दै हप्काएका थिए पाण्डेले भने–‘अहिले उनलाई सवैतिरबाट सहयोग हुँदै छ ।’  फुर्सी आमा छोराको बारेका पनि समचार प्रकाशित गरेपछि एउटै ब्याक्तिले डेढ लाख सम्म सहयोग गर्ने भएका छन् ।
यो पढ्न छुटाउनुभयो कि?

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग