Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

४ बर्षिया बालिकालाई बलात्कार प्रयास गर्ने र सुन लुट्ने अपराधीहरु सार्वजनिक

Published on 6:33:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १२ असोज । जिल्ला प्रहरी कार्यालय गुल्मीले ४ बर्षकी बालीकालाई बलात्कारको प्रयास गर्ने र घाँटी च्याँपेर सुन चोर्ने दुई अपराधीलाई शनिबार सार्वजनिक गरेको छ । गत भदौ २१ गते जिल्लाको वाग्ला गाविस ९ स्थित चार बर्षीय बालीकालाई बलात्कारको कोशिश गर्ने छिमेकी राजनलाई (परिवर्तित नाम) प्रहरीले सार्वजनिक गरेको हो । अभियुक्तलाई कानुन अनुसार झण्डै १५ बर्ष जेल सजाय हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै अम्मरपुर गाविस ७ निवासी भोटबहादुर नेपालीलाई पनि प्रहरीले सार्वजनिक गरेको छ । गत साता अम्मरपुर ३ स्थित चौरासी बजारमा रहेको युवा अर्यालको घरमा पसेर सुन चोरेको अभियोगमा नेपालीलाई प्रहरीले आज सार्वजनिक गरिएको हो । रातको समयमा उनले बृद्धा अर्यालको घाँटी च्यापेर एउटा मारवाडी, एउटा बुलाकी, एउटा फुली र एउटा तीलहरी चोरेको प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले जानकारी दिनु भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग