Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पूर्व उर्जा मन्त्रीलाई शोक माथि शोक

Published on 6:29:00 PM //

यो पनि सुनौ: ओझेलका खबर: गोकर्ण बिष्टको परिवारमा परेको नियतिको कठोर बज्रपात (रेडियो पत्रीका)

जनार्दन घिमिरे
गुल्मी १२, असोज । नेकपा एमालेका केन्द्रिय सदश्य एवं पूर्व उर्जामन्त्री गोकर्ण विष्टलाई पितृ शोक परेको छ । गएराती गुल्मीको दोहोली गाविस ३ स्थित आफ्नै घरमा विष्टका ८३ वर्षीय पिता भिमबहादुर विष्टको अचानक मृत्यू भएको थियो । छ महिनाको अवधिमा विष्ट परिवारमा शोक माथि पुन शोक थपिएको छ । आफ्ना वावुआमाको एकै साथ चौरासी पुजागर्न जुटेको अवशरमा गत वैशाख १० गते विष्टका कान्छा भाई गगन विष्टकि श्रीमति लता विष्ट लगायत उनका चार जना आफन्तहरुको पाल्पाको हार्थोक नजिकै कार दूर्घटनामा परि मृत्यू भएको थियो ।
आउँदो मंसिर चार गते हुन गईरहेको संविधान सभाको निर्वाचनमा नेकपा एमालेको तर्फवाट गुल्मी क्षेत्र नम्वर तीनका उम्मेदवारीका प्रत्यासी समेत रहेका विष्टलाई आफ्ना वावुको मृत्यूले शोकमा पुराएको छ । विष्टका पिता भीम वहादुर विष्ट गत २५ वर्षदेखि दमको विरामी हुनुहुन्थ्यो । उहाँका पाँच छोराहरु मध्य जेठा छोरा लक्ष्मण विष्ट हाल नेकपा एमाले गुल्मीको जिल्ला कमिटी सदश्य, माईला निर वहादुर विष्ट सुन्तलादेवि दर्लामचौर निमाविका प्रधानाध्यापक, साँईला गोकर्ण विष्ट नेकपा एमालेका केन्द्रिय सदश्य तथा पुर्व उर्जा मन्त्री, काँईला चुरा वहादुर विष्ट क्षेत्रीय कमिटी सदश्य र कान्छा गनन विष्ट प्रेस चौतारी नेपालका पुर्व केन्द्रिय अध्यक्ष तथा हाल पार्टिको केन्द्रिय प्रचार विभाग सदश्य रहनु भएको छ । साथै उहाँका दुई छोरी र एक श्रीमती समेत हुनुहुन्छ ।
विष्टका पितालाई आजै धार्मिक परम्परा अनुसार कालीगण्डकिमा लगि अन्त्यष्टि गरिएको छ । उहाँलाई अन्त्यष्टि गर्नु अघि नेकपा एमाले गुल्मीका अध्यक्ष टोमलाल पाण्डेयले पाटिको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अपर्ण गर्नु भएको थियो । अन्तिम श्रद्धाञ्जली अपर्ण गर्नका लागि नेकपा एमालेका पूर्व सांसद कमलराज श्रेष्ठ, एकिकृत नेकपा माओवादीका राज्य समिति सदश्य युवराज केसी, माओवादीमा जिल्ला ईन्चार्ज विरवहादुर कार्कि, राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष भरत वहादुर चन्द, रेडियो रेसुङ्गाका अध्यक्ष डिल्लीराज भुसाल लगायत पार्टिका शिर्ष नेता तथा कार्यकर्ता र सर्वसाधारणको व्यापक उपस्थिति रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग