Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पुर्व मन्त्री बिष्ट पितृ शोकमा

Published on 4:25:00 PM //

यो पनि सुनौ:  गोकर्ण बिष्टको परिवारमा परेको नियतिको कठोर बज्रपात (ओझेलका खबर)

प्रेम सुनार
असौज १२, गुल्मी । ६ महिना अघि मात्र सडक दुर्घटनामा परी आफन्तजन गुमाउँदाको आँसु ओभाउन नपाउँदै नेकपा एमालेका केन्द्रिय सदस्य एवं  पुर्व मन्त्री गोकर्णराज बिष्ट फेरी पितृ शोकले आँशुमा डुबेका छन् ।
गुल्मीको दोहली ३ बाँझा निवासी उनका पिता भिमबहादुर बिष्टको ८३ वर्षको उमेरमा गए राती मृत्यु भएपछि बिष्ट शोकमा डुबेका हुन् ।
६ महिना अघि बैशाख ११ गते उनै बाबु र आमाको एक साथ चौरासी पुजा गर्न लागेकै अघिल्लो दिन पुजामा काठमाण्डौबाट आउँदै गरेका किष्ट बैंकका सञ्चालक ज्वाई ज्ञानबहादुर जि.सी., बुहारी लता बिष्ट भान्जी आश्था जि.सीको पाल्पा हाडथोक नजिकै कार दुर्घटनामा मृत्यु भएको थियो ।
पाँच भाई दुई दिदी बहिनीहरु रहेका पुर्व मन्त्री बिष्ट साईला छोरा हुन् । एक्रै साथ तिन–तिन जना आफन्त गुमाएपछि बाबुको चौरासी पुजा गर्ने धोको अधुरै छाडेर दुवै भाई गगन समेत  रिडीबाटै काठमाण्डौ हिडेका बिष्ट परिवारमा नियतिले ६ महिना नबित्दै फेरी अर्को कठोर बज्रपात गरेको छ ।
स्वार्गिय बिष्टको शव घरबाट ल्याँदै गरिएको र रिडी लैजाने कार्यक्रम तय गरिएको नेकपा एमाले जिल्ला अध्यक्ष टोमलाल पाण्डेले बताए । उता गोकर्ण विष्टलाई बुटवलबाट ल्याएर आउन थालिएको नेपाल पत्रकार महासंघका पार्शद तिलक महतले जानकारी गरए । विष्ट गुल्मी क्षेत्र नम्वर ३ का पुर्व सांसद र सम्भावित भावि उमेदवार समेत हुन् । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग