Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा अस्पताल तेश्रो वर्षमा, २ जना डाक्टर थपिए

Published on 2:36:00 AM //

प्रेम सुनार
असौज ४, गुल्मी । निजी क्षेत्रबाट पहिलो सुविधा सम्पन्न जिल्लाको रेसुङ्गा अस्पताल एण्ड रिर्सच सेन्टर शुक्रबारदेखि तेश्रो वर्षमा प्रबेश गरेको छ । तेश्रो वार्षिकोत्सवका अवसरमा अस्पातलले नि:शुल्क स्वास्थ्य परिक्षण, उपचार र नि:शुल्क औषधी वितरण समेत गरेको छ । शुक्रबार साँझ सम्म २७ जना सर्वसाधरणलाई नि:शुल्क औषधी वितरण, २५ जनालाई ईसिजी, ७० जनाको एक्सरे सहित १ सय जनाको स्वास्थ्य परिक्षण गरिएको सञ्चालक तारा भुषालले जानकारी दिए ।

लुम्विनी मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रवास तानसेनको प्राविधिक सहयोगमा नि:शुल्क स्वास्थ्य उपचार कार्यक्रमको आयोजना गरिएको थियो । कुल ५० शैयाको सो अस्पतालमा सुविधा सम्पन्न ९ वटा क्याविन, सेमी क्याविन, पेष्टेड क्याविन र जनरल वार्डहरु रहेका छन् ।
अहिले सम्म विशेषज्ञ डाक्टर लक्ष्मण भुषाल र मेडिकल अफिसर निमेश थापा सहित दुई जना डाक्टर रहेकोमा तेश्रो वार्षिकोत्सवको अवसरमा शुक्रवारेखि अन्य थप दुई जना विभिन्न रोगका विशेषज्ञ सहित नियमित चार जना डाक्टर सो असपतालमा रहने सञ्चालक समिति अध्यक्ष नन्दराम भुषालले बताए । ‘अव विशेषज्ञ डाक्टर सुनिल श्रेष्ठ र मेडिकल अफिसर विनिता सहित चार जना डाक्टर नियमित रहनु हुनेछ भुषालले भने –‘प्रत्येक शनिवार विभिन्न रोगका विशेषज्ञ भिजिटीङ डाक्टरहरु पनि आउनु हुनेछ ।’
ल्याव, एक्सरे सेवा, चौविसै घण्टा अत्याधुनिक ईन्डोसकपी सेवा उपलब्ध सो अस्पाताल स्थापना भएदेखि पाल्पा पुग्नु पर्ने बाध्यता जिल्लावासीलाई कम हुँदै गएको छ । अस्पताललाई थप सुविधा सम्पन्न र मुनाफामा भन्दा सेवामा ध्यान दिईने वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै अध्यक्ष भुषालले बताए । कार्यकारी निर्देशक महेश श्रेष्ठका अनुसार त्यस अस्पतालमा सरदर दैनिक ७५ जनाको संख्यामा गुल्मी अर्घाखाँची, प्युठान र बाग्लुङ्गसम्मका विरामीहरु उपचार गर्न आउने गर्दछन् ।
रेसुङ्गा अस्पताल एण्ड रिसर्च सेन्टरमा शुक्रबार सन्चालित स्वास्थ्य शिविरमा सेवाग्राहीहरु । तस्बिर: प्रेम सुनार

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग