Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकारका लागि निर्वाचन शिक्षा संबन्धि प्रशिक्षण सुरु

Published on 3:58:00 PM //

पि.एम.मगर
गुल्मी, असौज ०९ । जिल्लाका कृयाशिल पत्रकारहरुका लागि संविधानसभा सदस्य निर्वाचन २०७०, निर्वाचन र आचारसंहिता विषयक जिल्ला स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम आजदेखि सदरमुकाम तमघासमा सुरु भएको छ ।

​कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी विष्णु घर्तिले आसन्न संविधान सभाको निर्वाचन सभ्य रुपमा सफल बनाउनका लागि पत्रकारहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । त्यसका लागि आसन्न संविधानसभाको निर्वाचनलाई मध्यनजर गरेर आफ्नो भुमिकालाई निर्वाह गर्न आग्रह समेत गर्नुभयो । निमित्त प्रमुख जिल्ला अधिकारी घर्तिले अहिलेको सञ्चारको युगमा आसन्न संविधानसभाको निर्वाचनलाई प्रमुख रुपमा लिई समाजलाई सहि दिशाबोध गर्ने जिम्मेवारीका साथ सकारात्मक सुचनाहरु प्रशारण तथा प्रकाशन गर्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी डिल्लीराज बेलबासेले निर्वाचन आयोगले पनि सञ्चारलाई महत्वपुर्ण अंग ठानेर मिडिया सेन्टर स्थापना गरेको बताउनुभयो । उहाँले कुन पक्षलाई महत्वपुर्ण स्थान दिने, सुचनामा एक रुपता ल्याउने उद्धेष्यका साथ पत्रकार तथा सञ्चारकर्मीहरुलाई प्रशिक्षण कक्षाको आयोजना गरिएको बताउनुभयो । साथै उहाँले निर्वाचनको सकारात्मक सोँचाई राखेका व्याक्तिहरुका सल्लाह, सुझाव तथा धारणाहरुलाई राखेर समाचार प्रकाशन तथा प्रशारण गर्न सकिए आसन्न संविधानसभाको निर्वाचनलाई महत्वपुर्ण टेवा पुग्ने दावी गनुभयो ।
​कार्यक्रममा निमित्त स्थानीय विकास अधिकारी शंकरप्रसाद गौतम, निमित्त जिल्ला शिक्षा अधिकारी भोजबहादुर के.सी., नेपाल पत्रकार महासंघका उपाध्यक्ष नवराज भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यालयका सुचना अधिकृत लक्ष्मण पाण्डेयको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन मतदाता शिक्षा कार्यक्रमका सहजकर्ता बामदेब ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रमको उद्धेष्यमाथि कार्यालयका शाखा अधिकृत गणेशबहादुर खत्रीले प्रकाश पार्नुभएको थियो । निर्वाचन शिक्षा तथा सुचनाको विस्तार, स्वतन्त्र र निष्पक्ष निर्वाचनको पुर्बाधार भन्ने मुल नाराका साथ सञ्चालित प्रशिक्षण कार्यक्रममा जिल्लाका ३० जना पत्रकारहरुको सहभागिता रहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग