Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

केन्द्रबाट गुल्मीमा १ अर्व विकास बजेट

Published on 1:28:00 AM //

गुल्मी १०, असोज । सरकारले यसवर्ष गुल्मी जिल्लाको लागि १ सय २ करोड बढी बजेट दिएको छ । आर्थिक वर्ष २०७०÷०७१ को लागि जिल्लामा सञ्चालन गर्ने विकास कार्यक्रमको लागि सरकारले १ अरव २ करोड ७३ लाख ६३ हजार ७ सय ६० रुपैयाँ बजेट विनीयोजन गरेको हो ।

विनीयोजन गरीएको बजेट जिल्लागत बजेटको १ दशमलव २६ प्रतिशत रहेको र प्रतिव्यक्ति ३ हजार ६ सय ६७ रुपैयाँ रहेको राष्ट्रि«य योजना आयोगका सदस्य सचिव यूवराज भुसालले बताए । ‘एभ्रेजमा मुलकुको औषध ३ हजार ७६ औ प्रतिव्यक्ति खर्च जिल्लाको ’– उनले भने –‘गुल्मीको सन्दर्भमा ३ हजार ६ सय ६७ छ, यो प्रतिव्यक्ति औषत भन्दा अलि माथी छ । यो राम्रै हो जिल्लाको सन्दर्भमा । ’ २०६८ को जनगणना अनुसार गुल्मी जिल्लाको जनसंख्या २ लाख ८० हजार १ सय ६० रहेको छ ।

सरकारले आर्थिक वर्ष २०७०÷०७१ को लागि प्रस्तुत गरेको बजेटअनुसार गुल्मी जिल्लाको लागि सबैभन्दा धेरै रकम सडकको लागि विनीयोजन गरीएको छ । केन्द्रबाट जिल्लाका विकासका योजनामा विनीयोजन भएको कूल बजेट मध्ये जिल्लाका ठूला सडक र पुलको लागि ९ करोड ३१ लाख रुपैयाँ विनीयोजन भएको छ । त्यसबाहेक २ जिल्ला जोड्ने सडकको लागि १ करोड ७६ लाख ८७ हजार, जिविस मार्फत स्थानिय यातायात पुर्वाधार अन्तर्गत १ करोड ५० लाख र स्थानिय स्तरका सडकपुल अन्तर्गत १ करोड ८० लाख छुट्टीएको छ । यसबाहेक तम्घास – सिमलटारी– प्यूठान सडकको स्तरोन्नतीको लागि १ करोड विनीयोजन भएको छ । यी लगायतका सडक पूलको लागि कूल १५ करोड ३७ लाख ८७ हजार रुपैयाँ रकम विनीयोजन भएको राष्टिय योजना आयोगले जनाएको छ ।

जिल्लामा सबै गाविसमा सडक पुगीसकेकोले मुख्य सडकको स्तरोन्नती गर्न र पुलहरुका लागि यसपटकको बजेट बढेको हो । जसमध्ये १२ वटा पक्की पुल बन्ने भएका छन् भने एउटा धार्मिक क्षेत्र रुरुमा आवतजावत गर्ने पुल बन्ने भएको छ । पुलको लागि मात्रै ६ करोड ४५ लाख रुपैयाँ रकम विनीयोजन भएको छ । यी पुलहरु सम्पन्न भएपछि जिल्लाका हरेक निर्वाचन क्षेत्रको मूख्य सडकहरुमा वर्षातको समयमा पनि सवारी साधन चल्न सक्ने छन् । ‘बजेट त अरु क्षेत्रमा पनि राम्रै छ तर यसपटक बाटोघाटोमा गुल्मी जिल्लाले धेरै महत्व पाएको छ । ’ – योजना आयोगका सचिव भुसालले भने – ‘बाटोले आवतजावतमा सहज पुर्याउने र उत्पादन भएको बस्तु बाहिर पढाउन तथा ढुवानी गर्नको लागी बाटोघाटोमा जोड दिएको देखिन्छ । ’

यसबाहेक कृषि, ग्रामिण विद्युतिकरण, सिँचाई र खानेपानी पनि प्राथमिकतामा रहेका छन् । कृषि तथा पशुपालनमा खाद्य तथा कृषि सुरक्षा कार्यक्रम अन्र्तत ७ करोड ८ लाख २५ हजार रुपैयाँ छुट्टिएको छ । यसबाहेक विउ उत्पादन, तथा सिँचाई र नदि नियन्त्रणका लागी पनि तीन करोड भन्दा बढी बजेट विनीयोजन भएको छ । खानेपानी तथा सरसफाईका लागि ४ करोड, बन तथा भू संरक्षण २ करोड २१ लाख, पर्यटन १ करोड २९ लाख, नविकरणिय उर्जामा १ करोड ८३ लाख, ग्रामिण विद्युतिकरणमा ४२ लाख, भवनमा ७५ लाख, पुनरनिर्माणमा १ करोड र खेलकुदमा साढे १६ लाख भन्दा बढी बजेट विनीयोजन भएको छ ।

विकाशका काम बाहेक जनचेतना, शिक्षा, स्वास्थ्य कार्यक्रम अन्तर्गत समावेशीकरण र निक्षेपणमा २५ करोड, शिक्षामा २५ करोड ६४ लाख, स्वास्थ्यमा १४ करोड र लैंगिक समानता १ करोड विनीयोजन भएको राष्टिय योजना आयोगले जनाएको छ । -नेपाल समाचार-पत्र दैनिकबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग