बिस वर्ष देखि ओडारको वास, ओडारमै जन्मे हुर्केका बालकको डाक्टर ईन्जिनियर बन्ने सपना
Published on
4:02:00 AM //
प्रेम सुनार
भदौ २१, गुल्मी । नेता र बेला बेलामा मन्त्रीहरु समेत रातदिन चिल्ला कारहरुमा आवत जावत गरेको नजिकै राजमार्गमा उनि देख्छीन् । नजिकै टुँडिखेल छ, विभिन्न दलका नेताहरुले गरिव, पछाडी परेका समुदायलाई माथी उठाउन आफ्नो पार्टी मात्रै लागेको दावि गर्दै चर्का चर्का भाषण गरेको पनि उनि गालामा हात लगाएर सुन्छीन् । तर उनलाई देख्ने र उनको विलौना सुन्ने भने कोहि छैन । यो छिमेकी जिल्ला बाग्लुङ्गमा २० वर्ष अघि देखि ओडारबाट ति महिलाको विचल्लीले यो देशका नेता र राज्यलाई गिज्जाई रहेको खवर हो ।
धौलागिरी अञ्चलकै सदुमुकाम बाग्लुङ्ग नगरपालिका । त्यो पनि देशभरकै मानिस पुण्य आर्जन गर्न जाने वाग्लुङ्ग कालिका मन्दिरको गेट अगाडी माथी भिरको जंगल विचमा रहेको ओडारमा एउटी महिला बस्छीन तर जनावरप्रति राखिने सम्मको निगरानी समेत उनमा राख्न सकेको छैन सरकारी निकाय । आफ्नो नाम थर उनि बताउन चाहन्नीन् । घर कहाँ हो ? बाबु आमा को हुन् ? उनलाई थाहा छैन् वा भएर पनि बताउन रुचाउँदिनन् । हिंस्रक जंगली जनावर देखेर जसरी अरु मानिस डराएर भाग्छन् उनि त्यसरी नै पुरुष देखेर भाग्ने गर्छिन् । यो समाचारदातालाई उनको फोटो लिन समेत हम्मेहम्मे परेको थियो । ओडार मुनी पुग्ना साथ उनि भिर तिर भागिन् ।
पख्नु–पख्नु दिदी किन डराएको ? भन्दा उनी भिरबाट लड्छिन की जस्तो गरी भाग्दै भनिन् "नाई नाई..., डर लाग्छ मलाई तिमीहरु लेग्ने मान्छे देख्दा, यहाँबाट गई हाल ।" उनि त्यसरी लोग्ने मान्छेलाई हिंस्रक जनावर जस्तैं अझ भनौ राक्षसका रुपमा झैं डराउनुका पछाडी उनि माथी पुरुषहरुबाट राक्षसी ब्यबहार नै भएको उनि र उनका स्थानिय महिलाहरुबाट बुझियो । कलिलो उमेरदेखि सडक मजदुरी गर्ने उनको अस्मीता सडकमै काम गर्ने पुरुषले आफ्नो राक्षसी आत्मशान्त पार्ने सजिलो माध्यम मात्रै बनाएर अलपत्र पारेका रहेछन् । उनि भन्छिन ‘ए कतिले माया गर्न आए गए, अहिले पनि माया गर्छु भनेर आउछन् र डर लाग्छ ।’
घर कहाँ हो थाह छ ?
"खै पुर्वतिर भन्थे क्यारे", उनको सिधा जफाव ।
बाबु आमा देख्नु भयो ?
"देखिँन मैले त पहिल्लै मरेको भन्थे क्यारे" उनले भनिन् ।
उनको बारेमा बुझन् बाग्लुङ कालिका मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष राजु खड्कासंग केही कुराहरु सोध्यौँ हामीले । उनि भन्छन्–‘म जान्ने बुझ्ने भएको उमेर देखि उनलाई त्यो ओडारमा बसेको देखेकै २०-२२ वर्ष भयो ।’ उनले रिदम चलचित्रको गितको बोल उच्चारण गर्दै भने– ‘हेर्नुस त मानिस भित्रको यो यो विचत्र कसैलाई कसैको मतलव छैन् ।’ उनले ति महिलाको अवस्थाले यहाँका नेता र राज्यलाई राम्ररी गिज्जाएको टिप्पणी गरे । उनि र स्थानिय महिलाहरुबाट बुझ्दा उनका पाँच सन्तान मध्ये कोही जन्मीँदै मृतक त कोहि कुपोषणबाट मरे भने एउटा कसैले चोरेर लगे, एउटा जिवितै छन् । जिवित उनका १०-११ वर्षिय छोराको पढाईप्रतिको लगनशिलता, अनुशासन देख्ने हो र लक्ष्यका कुरा सुन्ने हो भने कैँयन पुँजिपतिका छोरा छोरीलाई गतिलो पाठ हुन जान्छ । उनलाई स्थानिय महिलाहरुको सहयोमा वोर्डिङ्ग स्कुलमा भर्ना गरिएको रहेछ । विहानको ९ वज्न नपाउँदै उनि स्कुल जाने सरसफाईमा जुट्छन् । ओढारको भित्तामा रहेको एउटा तखातो जस्तै देखिने डुङ्गाको कापा उनको स्कुले ड्रेस राख्ने दराज बनेको छ ।
सोतो स्कुले ड्रेस, ओडारको धुँवा, धुलो तर पनि कत्ति मैला छैनन उनका कपडा । स-साना सिल्टीका भाँडामा आमाले खाना पकाउँदै, उनि स्कुल जान तयार गर्दै । खाना खाएर उनि ओढारबाट निस्कीए भिरको बाटो खरका गाँजहरु समाउँदै तल सडकमा स्कुल जानका लागि । तल झरे पछि उनि माथी आमालाई टाटा गरे, आमा पनि मुस्कुराउँदै हात हल्लाईन । ओडारमा बस्नेहरुमा पनि त्यति खुशी ? उनिहरुको त्यो दृश्यले भावुक हुँदै तल ओर्लियौँ हामीहरु ।
केहि बेरपछि तल पढ्ने साथीहरु भेटाए उनले । आलिशान ठुल्ठुला पक्की घरहरुबाट निस्कीएका बालबालिकाहरुमा भन्दा ओढारबाट निस्कीएका उनको खुशीमा कुनै कमी थिएन् । ति साथीहरुमा पनि उनि प्रति कत्ति विभेद थिएन । मैले सोधे बाबु तिम्रो नाम के हो ?
‘वुद्ध थापा ।’
बाबाको नाम को हो थाह छ तिमीलाई ?
‘थाह छैन । ’ उनले फेरी स्मरण गर्दै भने –‘खै दरवाङ्गको हर्के हुन् भन्थे क्यारे ।’
कतिमा पढछौ ?
‘कक्षा ३ मा ।’
पढेर के बन्ने विचार छ ?
‘डाक्टर ईन्जीनियर ।’ अरु साथीहरुको त कमाउने बुवा हुनुहुन्छ , सम्पत्ती पनि छ र धेरै पढ्लान तिमी ओढारमा बसेर कसरी डाक्टर ईन्जिनियर बन्छौ त ? यसो भन्न साथ उनले भने–‘ ओढारमा बसेरै म डाक्टर कि ईन्जीनियर बन्छु भन्ने लक्ष्य लिएको छु ।’
अरु साथीहरुले बाबा भन्दा तिमीलाई नरमाईलो लाग्दैन् ? उनले भने –‘लाग्छ नि, बाबा..बाबा भन्न मन लाग्छ । उनका यि कुरा सुन्दा कोखैमा बसेका दिदी बहिनीहरुका गह भरिए, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष खड्का पनि भावुक भए । स्थानिय महिलाहरुका अनुसार उनलाई धेरैले विवाह गर्ने सपना देखाएर जवानी लुटेर छाडेर गए । उनि गर्भवती अवस्थामा साह्रै दुख पाउने गर्दथिन् । त्यस्तो अवस्थामा सडकमा काम गर्ने उनि उच्च रक्त श्रापले ग्रसित पनि बनिन् । पछिल्ला ति सन्तान स्थानिय महिलाहरुकै हेरचाहमा जिवित रहन सकेका हुन् ।
बिद्यालय भर्ना गर्न उनको थापा थर लेखाई पनि उनकी आमाको जात के हो र कहाँ जन्मेकी थिईन स्थानियले पत्ता लगाउन सकेका छैनन् । उति मंगोलियन चेहराकी छन् । ति वालकको चेहरा पनि मंगोलियन छ । आमा त पहिल्यै वेवरिसे बनेकी थिईन, अहिले उनका ति सन्तान पनि वेवरिसे वन्न नदिन को हुन त ति दरवाङ्गका हर्के भन्ने ? उनको स्थानिय प्रशासनले खोजि गर्न जरुरी भएको अध्यक्ष खड्काको जोड थियो ।
अरु भन्दा पनि अरुले दिएको बासी खाना, अरुले दिएको लुगाफाटो, विमारमा औषधी उपचार पनि अर्कैको दया धर्ममा वाँचेका ति वालकको ओढारबाटै डाक्टर ईन्जिनियर बन्ने लक्ष्य साँच्ची नै पुरा होला ? उनको लक्ष्य कसले पुरा गराई देला ? यिनै कुराहरु मनमा खेलाउँदै फर्कियौ हामी बाग्लुङ्ग वजारबाट ति वालकको लक्ष्या पुरा होस् भन्ने कामना गर्दै गुल्मीको तम्घासतिर ।