Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 5:49:00 AM //

-राम प्रसाद पाण्डेय 
आफु आफैमा फुट हुँदा यँहा दाउ हेर्छ भारतले ।।
सगरमाथा र बुद्धको यँहा नाउँ हेर्छ भारतले।।

गार्खाली बीर बुद्धु भइयो आफु आफु लडी लडि
मौका छोपी चोट दिने यहाँ घाउ हेर्छ भारतले ।।

टनकपुर, कालापानी, सुस्ता सीमा लुटि सक्यो
खोजी खोजी लुट्ने छल्ने ठाउँ हेर्छ भारतले ।।

सत्तामुखी हाम्रा नेता देशका लागि बोल्दैनन् कहीँ
देश चल्छ उतैबाट नेताको यहाँ भाउ हेर्छ भारतले ।।

बल बुद्दी तागत हैन खाँचो भो हाम्लाई एकताको
हामी मिले हाम्रो शिर हैन पाउ हेर्छ भारतले ।।

तम्घास, गुल्मी

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग