Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रेम विवाह गरेको नौं महिनामै जीवन संगिनीलाई गुमाउँदाको पिडा......

Published on 5:41:00 AM //

यसै बिषयको अडियो रिपोर्ट चर्चित रेडियो पत्रीका ओझेलका खबरमा सुन्न यहाँ क्लिक गर्नुहोला ।

प्रेम सुनार
लामो समय सम्मको प्रेम, संगै बाँच्न नपाईए जिवन नै त्याग्ने सम्मको वाचा कसम । स्कुलबाट छुट्दा पनि मुटु भक्कानिने । कति बेला भोली विहान आउला र स्कुलमा भेटुँला जस्तो हुने । के समय फोन संपर्कमा नरहँदा पनि मन अत्तालिने । त्यो प्रेम कहिले विवाहमा परिणत होला ? कि कतै घरबाट बधा अड्चन पो हुने हो कि......? यस्तै-यस्तै कुरा मनमा सल्वलाउँदै झाँगिएको उनिहरुको प्रेम दुवैतिरको शिक्षित घर परिवारले बुझ्यो र गत ९ महिना अघि मात्र उनिहरुको धुमधाम विवाह गरिदियो ।
विवाहको ९ महिनामै पहिलो सन्तान पनि जन्मीईन् । खुशीको सिमा रहेन । चिटीक्ककी छोरी । मनमा कलकलाउँदो माया, पहिलो सन्तान भएर अझ ज्यादा भएको पनि हुन सक्छ । तिजको बेलाकी सुत्केरी, यसपाली त माईतीमा तिज मान्न पनि पाईएन.... भैगो ज्यान बाँच्यो, छोरी जन्मीईन अर्को साल मानौँला.... यस्तै यस्तै मनमा कुरा खेलाउँथिन् होला उनि ।
बिहीवार श्रीमतिको मृत्यु, शुक्रबार काठमाण्डौँबाट घर फर्किँदा  श्रीमती उमा यो संसारमा नरहेको खवरले घरको दलानमा भावव्हिल सुनिल थापा ।
यतिकैमा श्रीमानलाई मावलाकी हजुरआमा विरामी परेर काठमाण्डौ लगेर जानु पर्ने भयो । आजै जाने ? कहिले फर्किनु हुन्छ त ? चाँडै आउँछ भन्दै श्रीमान हिँडे काठमाण्डौतिर । कठामाण्डौ पुगेपछि पनि फोन भईरहन्थ्यो निर्दयी नियतीले झम्टीनुको केहिबेर अघि सम्म पनि दुवैको फोन कुराकानी भएको थियो । तर नियति कति कठोर भएर झम्टीन आयो कि छोरी खेलाउँदै गरेर भित्र सुत्केरी हुँदाको अप्रेशनको घाउ सफा गर्न लाग्ने क्रममा सल्कीयो ग्याँसको पाईप र निभाउन खोज्दा खोज्दै जलायो पुरै शरिर ।
घरमा कोही नभएको बेला गुहार पाईनन् उनले । क्रमश शरिरमा आगो सल्कीँदै गयो र उनलाई निर्जिब मुढो बनाएर पल्टाई दियो । विचरीले छोरीलाई अन्तिम सासमा एकपटक नियाल्न चाहेर पनि नियतिले आँखा उघार्न दिएन । मम्मी..मम्मी...बाबा..बाबा..सुनिल..सुनिल....भन्दा भन्दै अन्तिम शब्द नानु.......गर्दै उनको प्राण-पखेरु उडेर गयो ।
यो बिहीवार छिमेकी जिल्ला अर्घखाँची ठुलापोखराको दर्दनाक वियोगान्त कथा हो । ठुलोपोखरा गाविस वडा नम्वर ३ का २५ वर्षिय सुनिल थापा र सोही गाविस वडा नम्वर ५ की २२ वािर्षया उनै उमा विच गएको मंसिर २९ गते  विवाह भएको थियो । विवाहको ९ महिना, एक प्रकारले उनि नौली दुलही थिईन् । स्थानिय सञ्चारकर्मी/सहकर्मी दिपेन्द्र श्रेष्ठका अनुसार उमाको शरिर जलेर क्षतबिक्षेद थियो । काठमाण्डौ पुगेका श्रीमान सुनिल थापा त्यो दुखद खवरको पुरा अंश नसुनी घर फर्किदै थिए । घरमा आई पुग्दा जिवन संगिनीको मृत शरिर देख्न समेत पाएनन् उनले, शनखात परिवारले गरीसकेको थियो ।
तगालोबाट भित्र पसेपछि डाँको छाड्न थालेका सुनिल उमा.......उमा........भन्दै दलानमा लडेपछि परिवारलाई धौ धौ पर्‍यो उनलाई सम्हाल्नलाई । हिजो साँझ सम्म उनि विलौना गर्दै  घुँकुर...घुँकुर...रोई रहेका थिए सुनिल । अर्को तर्फ ति एक्काईस दिने छोरी पनि क्याँ क्याँ गरिरहेकी छन् । काठमाण्डौ जाँदा आमाको काखमा देखेकी ति छोरी फर्केर आउँदा हजुर आमाको काँखमा, एउटी टुहुरी छुरिको रुपमा । उनकी प्यारी उमाको केवल तस्वीर मात्रै, दलानमा झुण्डिएको......।  नियती किन यति निर्दयी हुन्छ्स ? चाँडै छुटाउनु थियो त किन जुराउनु परेको थियो तँलाई ? पत्नी वियोगका पिडामा भावविहल सुनिलको त्यो अवस्था देख्दा नियतिसंग यस्तै आक्रोस पोख्न मन लाग्छ र मुटु भक्कानिन्छ ।  दलानमा उता सुनिलकी आमा लडिरहनु भएको छ, यता सुनिललाई दिदी वहिनीहरुले सम्हाल्न खोजिरहेका छन् तर उनिहरु आफै पनि सम्हालिन सकिरहेका छैनन् । हृदय विदारक यस्तो घटना निम्ताउने या आधुनिक सुविधा भोगी ग्याँस चुलो हो ।
ग्यसाँ चुलो पड्केर त कोही त्यसको पाईपमा आगो सल्केर थुप्रै महिलाहरुको ज्यान गईसकेको छ भने कैँयौ जलेर कुरुप भएका छन् । कोरिया जानका लागि नाम निस्केका सुनिल र पत्नी उमा विच कैयौं मिठा सपनाहरु थिए तर विपनामा एक रत्ती पनि कल्पना नगरेको देख्नु प¥यो ।
समयमा उद्धार पाउन सकेको भए उमाको  ज्यान वच्न सक्ने देखियो । घरमा खाना पकाउने ग्याँसको सिलिण्डर पड्केर नभई पाईप फुटेर आगो सल्कीँदै गरेपछि निभाउन खोज्दा उमाको शरिर भरी नै आगो सल्केर मृत्यु भएको पछिल्लो तथ्यबाट खुलेको छ । यस्ता घटनामा कोही पर्न नपरोस । विवाहको ९ महिना नवित्दै भर्खर जन्मेकी छोरीको माया, अनि श्रीमान प्रतिको त्यो कलेस लिएर मर्न नपरोस् ....उमा वहिनी तिम्रा माईती र घर परिवारलाई मात्र होईन धेरै माईती र परिवारलाई रुवाएर गयौं..भावपुर्ण श्रद्धाञ्जली तिमीलाई.......... अनि सुनिल प्रति हार्दिक समावेदना एवं त्यो पत्नी वियोगको पिडा सहन सक्ने शक्ति प्रदान होस् भन्ने कामना..........

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग